बंशावली दोस्रो संस्करणबाट
बंशावलीको प्रथम सँस्करण २०४८ चैत्र २९ गते सिटौला बन्दुहरुको इतिहास सँग्रहित प्रथम संस्करण मेरा पुजनिय बुबा श्री मास्टर तुलसीप्रसाद सिटौलाबाट संकलित प्रकाशित भएको हो। यातायात, संचार तथा अन्य सुविधा नभएको समयमा भारत, भुटान, बर्मा तथा नेपालका कुना कन्दराका प्रत्येक बन्धुहरुका घरदैलामा पैदल यात्रामा पुगेर कठिन पूर्वक १५।२० वर्ष संकलनमा खर्चिएर बंशावली संकलन गरी हाम्रा पुस्तौ पुस्ताका लागि ऐतिहासिक मार्ग प्रदान गर्नुभयो सो अनुकरणीय कार्य अतुलनीय छ । संकलनका क्रममा विभिन्न बन्धु बान्धवहरुका घर दैलोमा पुगी सो ठांउमा फलपूुल मात्र खाइ धुम्नु भएको रहेछ, त्यसैले उहाँलाई ती ठाउँहरुमा फलफूलहरु मात्र खाने बन्धुको रुपमा चिन्दारहेछन्, सो कुरा मैले दोस्रो संस्करण संकलन गर्ने क्रममा विभिन्न ठाउँमा जाँदा थाहा पाएँ । यो सन्दर्भमा उहाँ ले गरेका केही सामाजिक कार्यहरु पनि उल्लेख गर्न मनलाग्यो । ८ बषर््ाको नाबालक अबस्थामा पिताको मृत्यु भएपछि ब्रतमन्न पछी काजकृया गरी धनकुटा गौडामा पिताले गरेकोअंश मुद्धाको तारेख सदर गर्न माताजीकासाथ आउनुभएछ । पढनेलेख्न इच्छा जागेछ र नेपालजाने भनी भाग्नुभएछ । बिराटनगरमा एक चियादोकानमा बेपारीलाई काम सघाई रिझाइ नेपाल जानेसर्थ राख्नुभएछ । त्यसैताक अ,त,कोअभीयोगमा कृण्षप्रसाद कोइरालालाई पक्राउगरि चिया दोकानमा ल्याएछन् । ब्यापारिले नेपाल लानसिफारेश गरेछन् । बि,पी,कोईरालाका पिता कृण्षप्रसादका साथमा खाना पकाउँदै पढ्ने कुराको प्रस्ताब गर्नुभएछ । उदार नेता भएबाट काठमाडौँमा राणाजीकोमा कामकाज र पढाइ दिन जिम्मा दिनुभएछ । पढाइ र धरेलु कपडाबुनाई माष्टर भै धनकुटा गौंडाअन्तरर्गत तेह्रथुम,ताप्लेजुग,घुम्दै रहदा २००७ साल लागेछ । आफूले काम गर्ने तिनै ठाउँमा लिम्बू,राईले छेत्री,बाहुनका,घर लुट्ने,खेदाउने भएपछि काठमाडौँ गएर जाहेर गर्नुभएछ । त्याहाँ गै शान्तिगर्नु भनी राजा श्री ५त्रिभुवन बिरबिक्रमसाहबाट १७ जना प्रहरी नियुक्त गरि आबश्यक परे ६० जवान नियुक्त गर्न सक्ने आदेश पत्र लिइ धनकुटादेखि ,ताप्लेजुगसम्म लुटपाट फिर्ता गराए जस्तै सम्पूर्ण सिटौला बन्धुहरुमा एकले अर्र्कोलाई मर्दा पर्दा सहयोग गर्नुपर्दछ भन्ने उहाँको सोचबाट सरय सहयोग प्रथा चलाई कुनै बन्धुको देहान्त हुँदा गरिने अन्तिम संस्कारमा अरु बन्धुहरुले सकेजती चामल तथा नगद दुख परेको घरमा पुर्याउने चलन उँहाले नै चलाउनु भएको हो र पूर्वको आठराई तेह्रथुम ताप्लेजङ्गमा यो प्रथा हालसम्म पनि प्रचलनमा छदैछ । सुकुम्बासीहरुलाई जग्गा दिलाउनका लागि तत्कालिन राजा महेन्द्र वीरविव्रmम शाहका भाइ हिमालय वीरविव्रmम शाहसंग समेत न्यायका लागि संघर्ष गर्दै हुकुम र पैसाका अगाडि कसैको केहि नलाग्ने कुराको बिश्वास नराखी न्याय को मात्र बिश्वास राख्ने अडिक स्वाभिमानी ब्यक्ति भएकाले भद्रकाली काठमाडाँैमा पहिले २२ दिन त्यसपछि २० दिन सो पश्चात १८ दिन भोक अनसन गरेपछि माग गरेको भन्दा थोरै नै भएपनि राजाले गरेका हुकुम प्रमाँङ्गीबाट झोडा खुलाई नाप जाँच भइ सुकुम्बासी जनताको नाममा मोरङ्गको कुलझोडा तथा झापाको महारानी झोडाका जग्गा दर्ता भएका छन् ।.त्यसैगरी सानो बाह्रघरेमा राजपरिवारको चीया बगान भएकाले सो को सट्टाभर्नामा मोरङ्गको भालुकुडी,झापाको सतिघटा तथा दुधे कैजले सुकुम्बासी जनताका नाममा दर्ता भएका छन् ।.यस्तैगरी ताप्लेजुङ्ग जिल्लाको निघुरादिनमा बिद्यालय स्वीकृति गराउने तथा सोही ठाउँमा प्रहरी चौकी स्थापनाको लागि जग्गा दानदिने लगायत समाजका लागि धेरै उदाहरणीय कामहरु उँहाले गर्नुभएको छ । यी र यस्ता कुराहरु सम्पुर्ण सिटौला बन्धु बान्धवहरुले ह्रदयंगम गरि अनसरण गर्नुपर्दछ जस्तो लाग्दछ ।.राजाका भाइ सगको मुद्धामा नियम संगत नभएपछि आफूसंग भएका प्रमाणहरु लुटिएपछि आपूm सुकूम्बासी साथैआफ्ना जीवन भरका कामबाट पूर्णरुपमा सन्तुष्ट हुन नसकेपछि विभिन्न चिन्ताहरुले सताएर ७४ बर्षको उमेरमा आफ्नै जन्मघर ताप्लेजुङ्ग जिल्लाको निगुरादीन ३ मा २०५२ बैसाख २ गते यो संसारबाट बिदालिनुभयो ।.
पूर्खाहरुका महत्वपूर्ण कार्यहरुलाई हामी नयाँं पुस्ताहरुले अझ परिमार्जित र परिस्कृत गर्नुपर्ने अपरिहार्यता छ ।. त्यही मार्गमा अघिबड्ने सानो प्रयासका रुपमा यो बंशावलीलाई अझ परिमार्जित र परिस्कृत गर्ने सोच मेरो पनि पहिले देखिनै थियो तर सांसारिक जीवनका विविध कठिनाइहरुले गर्दा मैले यो कार्यका लागि समय उपलब्ध गराउन सकिराखेको थिइन । एकदिन अचानक काठमाडौँमा भएको सिटौला समाजको बनभोजमा सहभागी हँुदा बन्धुहरुले सिटौलाहरुको बंशावली परिमार्जित संस्करण प्रकाशित गर्न जरुरी भइसकेको कुराहरु उठाउँदा मैले आफ्नो बुबाले थालेको काम पुरागर्नु पर्ने पहिलो दायित्वलाई महसुस गरें र सो पश्चात म दृढ रुपमा बंशावली संकलन कार्यमा लागे । ंअहिलेको आधुनिक युगमा संचार तथा यातायातको सहजताले मेरा बुबाले बंशावली संकलन गर्दा जती कठीनाई भोग्नु पर्यो । मैले यस कार्यमा त्यती कठिनाई भोग्नु नपरेता पनि त्यो समयकोभन्दा बेग्लै भौतिक तथा मानसिक समस्याहरुले भने बाराबर नै मेरो मार्गमा रुकावटहरु प्रदान गर्ने कोशिसहरु गरीनै रहे तैपनि मानिस दृढ भएर लागे पछि असम्भव त केनैपो छर१ त्यसैले मैले ४ बर्षको प्रयासमा यो बंशावलीे संकलन कार्यलाई एक निचोडमा पुर्याइ छाडें । बंश तथा बंशावली भनेको निरन्तर विकास भइरहने कुरा भएकोले गर्दा आउँदा दिनहरुमा पनि यसको परिमार्जन तथा सुधारहरु अवश्य नै जरुरी पर्दछ । सो कार्यका लागी सम्पुर्ण सिटौला बन्धुहरु तथा सिटौला सेवा समाज नेपाल माथि मैले ठुलो आशा राखेको छु । प्रथम संस्करणमा भएका धेरै अपूर्णताहरुलाई यस संस्करणमा पुरा गर्ने प्रयास गरेको छु । पश्चिम तर्फका बन्धुहरुको पिढि छुट्याउने काम यस संस्करणमा आएर पूरा गरिएको छ पिढि र नाता नछुटिएर काका बाबु वा छोरा नातिलाई दाइ भाइ भन्नु पर्ने अवस्था अब आउँदैन भन्ने विश्वास लिएको छु । भाउजू बूहारी दिदी बैनी हाम्रा घरका एकै हिस्सा भएकाले बंशावली इतिहासमा उल्लेख गरिएकोछ । गरुढ पुराणका अनुसार १ पिढी बाबु २ पिढी छोरा ३ पिढी नाति ३ पिढीको मात्र १ पुस्ता हुने भन्ने पाइएकोले हालसम्म हामी १९ बाबुछोरा मात्र भएको प्रमाण अनुसार ६ पुस्ता १ पिढी मात्र भएको पाइयो । त्यसैले यो बंशावलीमा नाता पिढीबाट उल्लेखगरेको छु ।.बाध्यात्मक परिस्थितीले गर्दा बर्मा भुटान, भारतमा पुस्तौ अगाडि देखि रहनु भएका बन्धु्हरुको ११ र १२ पिढी सम्ममात्र उल्लेख भएकोछ पछिथप हुने नै छ ।
सिटौला सेवा समाज नेपालको गठन तथा बंशावलीलाई अद्यावधिक गर्न मागदर्शन गर्ने बन्धुुहरु सर्बोच्च अदालतका पूर्व माननीय न्यायधिश श्री मोहन प्रकाश सिटौला तेह्थूम चुहानडाडाँ र भौतिक तथा यातायात मंत्रालयका सचिब श्री तुलसीप्रसाद सिटौला नुवाकोट भद्राटार चुहानडाडाँको मुख्य योगदान छ भन्ने ठान्दछु । साथै बंशावली दोश्रो संस्करण बनाउनु पदर्छ भनी फारम बितरण गर्ने बन्धुु श्री इन्द्र सिटौला तेह््रथुम चुहान्डाडाँ र भोलाप्रसाद सिटौला काभ्रे देबभूमि बालुवालाई यो बंशावली प्रक्रियाको इतिहास शुरुवात गर्ने बन्धु डा। ओमकृष्ण सिटौला र जनार्दन सिटौला तेह्थूम चुहाँन्डाडालाई प्रोत्साहन गरेकोमा हार्दिक कृतज्ञता ज्ञापन गर्दछु ।.संस्थापक सदस्य र फारम भरि बंसावली इतिहास बनाउन सहयोग गर्ने बन्धुुहरुलाई आभार ब्यक्त गर्दछु ।.पहिले देखि नै बंसावलीको इतिहासलाई महत्वको बिषय ठानी प्रकाशन कार्यमा आर्थिक लगानी गर्दै आउनु भएका र यो सिटौला वंशावलीको दोस्रो संस्करण पनि प्रकाशन खर्चने बन्धु स्व पदम प्रसाद सिटौलाका छोरा पुण्य प्रसाद सिटौला चुहानडाडाँ तेह्थुमलाई बन्धुहरुले सदा हृदयमा राखी रहने छन् भन्ने ठान्दछु । यस सुद्धासुद्धीमा सहयोग गर्ने बन्धु श्री कृष्णप्रसाद सिटौला मोरङ इटहरा ९ लाई सहयोगीको पात्र ठान्दछु । दिदीबहिनी, भाउजू बुहारीको नामसँगै फोटा राख्न नसकेकोमा दस्ुख ब्यक्त गर्दछु , .भुलभएको हुनसक्छ सुधारी वाचन गर्न अनुरोध गर्दछु ।
सिटौलाहरुको बासस्थान तथा विकाश सम्बन्धमा
हाम्रा पूर्खा भारद्धाज ऋषिका चेला भएबाट हाम्रो गोत्र भारद्धाज हो भन्ने पाइन्छ ।.चौथा पिढीसम्म १ । १ सन्तानले मात्र बडेको हाम्रो सन्तान चौथो पिढीका श्री कृष्ण रमण पाध्या नाम चलेका बैध्य भएकाले हाम्रा इष्ट देवताको स्तुति गरी वंश बृद्धीको प्रार्थना गरी एक छोरा हुदै आएकोमा सो पश्चात २ छोरा भएको भन्ने कथन चली आएको पाइन्छ । हामी सिटौलाको सबैभन्दा पहिलेको बसोबास थलोे कुमाउ गडुवाल भएको र आदिकालमा सो ठाउँमा हिन्दु र मुसलमानको युद्ध पश्चात त्यहाबाट सरेर धनधढीको सिटाला भन्ने ठाउँमा बस्तै त्यहाँबाट ५ पिढीसम्म कपिलास चुहानडाडाँ नुवाकोट बसोवासको मुख्य थलो हो भन्ने विभिन्न प्रमाणहरुबाट पुष्टि हुन आउँछ ।. त्याहाँबाट ५ पिढीका सन्तान ईश्वर र विशेश्वरका ४÷.४ भाइ छोरा भएपछि जेठा ईश्वर र कान्छा विशेश्वरमा विशेश्वरका छोरा जेठा सिद्धिकर्ण नुवाकोटका सरकारी कर्मचारी थिए । भोटसँगको युद्धमा उनको मृत्यु भयो उनका २ श्रीमती र २ छोरा थिए दाहसंस्कार गर्न लाग्दा त्यसबेला सतीको प्रथा भएको भएता पनि सतीजानु पर्दैन भन्ने विशेश्वरको भनाइ भएपछि समाजले सती जानै पर्छ भन्ने भएछ र दुईटी श्रीमती मध्ये जेठीले म सती जान्छु कान्छीले घरको रेखदेख गर्नु भनी सतीजानेले लिखु खोला खड्कुले दह खुडे खोल्सा र इष्ट देवतालाई पुकारा गरी यो ठाउँबाट पूर्वतिर ससुराले हाम्रो परिवार लिएर जानु यो ठाउँमा नबस्नु भनी लिखु खोला दोभानमा सती गइन् । छोरा बुहारी बितेको वेदना सहन नसकी दाह संस्कार पीत्राँदी कर्म पछि दाजु ईश्वरलाई मेरा परिवार लिएर अन्तै जान्छु भनी पूर्वतिर लाग्नु भएछ । पाँचथर यासोक रानीगाउँ हुँदै तमर खोला पारीपट्टी थोकलुङ् भन्ने ठाउँमा गएर बसोबास गर्दा पहिला आफू बसेको गाउँको यादले गर्दा बुझ्दै घुम्दै जादाँ एउटा ठाउँ आफ्नो पहिलाको भद्राटार कपिलास चुहानडांडा जस्तै देखेपछि त्यसैलाई चुहानडाडाँ नामाकरण गरी बसोबास भएछ । सो ठाउँलाई हाल आठराइ तेह्रथुम चुहानडाडाँ भनिन्छ ।
दाजु ईश्वरले केही वर्षपछि भाइका परिवार कहाँ गई बसोबास गरेछन् भनी खोज्नलाई आफ्ना ४ छोरा मध्ये माइला श्रीधर पाध्या र कान्छा जयनिधि पाध्यालाई पत्ता लगाई आउन भनी पठाएका बन्धु पूर्व जानुको सट्टा पश्चिम तर्फ लाग्नु भएछ । बन्धुहरुको पत्ता नलागेपछि माइला भाइ श्रीधर पाध्या धादिङ्गको सल्यानकोट भन्ने ठाउँमा बसोबास गरेछन् । त्यो ठाउँलाई हाल धादिङ्गको सल्यानकोट गा। वि। स। को वडानं.३÷४ ठुलो कठेरी र सानो कठेरी भनिन्छ र पछि कान्छा भाइ जयनिधिका परिवार चाहिँ धादिङ्ग कै चैनपुर सुनखानी, पोखरीथोक,गेलाङ्गमा गई बसोबास गरेछन् । त्याहाँका पुर्खाका भनाइहरुबाट सो कुरा पुष्टी हुन आउँछ । सोही सल्यानकोटका ८ पिढीका मोटा पाध्याका छोरा कान्छा दिनानाथ त्याहाँबाट हराएका भन्ने पाइयो । उनीको सन्तान हाल नुवाकोट विदुर नगर पालिका कवास खोरीयामा बसोबास गरेका छन् । नुवाकोटका ८ पिढीका शंकर पाध्याका २ श्रीमती बिबाह अघि जेठी कन्या कुमारी गर्बिणी अबस्थामा हराएकी थिइन् । उनका छोरा ९ पिढीका कृष्ण बहादुरका परिबार मातातिर्थमा बसोबास गरेका छन् । काभ्रे देवभूमि मामाघर गएका हुन् । हाम्रा बन्धुहरु देश तथा समाजसेवामा निस्वार्थ भावनाले पे्ररित भै संलग्न भैरहेका छन् । देशको राजनैतिक क्षेत्रमा समेत बिशेष स्थानमा रही सेवारत छन् । समाजसेवा तर्फ पनि त्यतिकै सकृय छन् । तेह्रथुम आठराई मूलपानीमा सार्बजनिक हिटी निर्माण गरियो । तमर नदीमा ११६ मिटर लम्बाइ ३.५ चौडाइको पूल स्व श्री ब्रह्म लाल सिटौलाले दाजु भाइको लगानिमा बि.स. १९८८ मा निर्माण्ाँँ गर्नुभयो । भाषा पाठसाला समेत स्वीकृति निर्माण कार्यहरु गरियो । पूर्वाअन्चल बिश्वबिध्यालयमा सरस्वतीको मन्दिर छात्रबास बनाउने कार्यकोलागि स्व श्री धर्मानन्द सिटौालाबाट १ करोड २५ लाख प्रदान गर्ने र अन्य सामाजिक धार्मिक कार्यहरुको लागि ठुलो लगानी गरिएको बिमोचित उहाँको पुस्तकबाट ज्ञातहुन्छ । स्व श्री मोहनलाल सिटौलाको सकृयतामा झापा माई दोमुखामा शिब मन्दिर २०४८ सालमा १० कटठामा निर्माण गरिएको छ । स्वर्गीय श्री अर्जुन सिटौलाको सकृयतामा देबधाटमा बद्रीकेदारको मन्दिर १६रोपनीमा निर्माण गरिएको छ । नुवाकोट शिखरबेसी बिर्ता लिएपछि बछला देवी मन्दिर बनाउने र स्व श्री चुडामणि ,दोमणि सिटौलाको लगानीमा नुवाकोट तामेमा १८६६ बि, स, मा सुन्दरा देवी मन्दिर निर्माण साथै ठूलो घन्ट राखिएको छ । धादिङको सानो कठेरीमा ५ रोपनी जमिनमा धारापानी र कुलको मन्दिर बनाएको छ । झापाको धैला डुब्बामा श्री बेद निधि सिटौलाको अग्रसरतामा शिव मन्दिर निर्माण भएको छ । साथै मोरँगको रंगेलीमा स्वर्गीय श्री गँगा प्रसाद सिटौलाबाट आफनो नीजि लगानीमा शिव मन्दिर निर्माण जस्ता अमूल्य समाजसेबाका कामहरु पूर्खाहरुबाट भैरहेका छन्।
सिटौला बन्धुको कुल तथा कुलपूजा
आदिकालमा श्रीकृष्ण पाध्या सिटौला जानकारका साथै अति चर्चित बैद्य थिए । सोही बखत गोठमा चरनबाट भेडा, बाख्रा र गाई बस्तु हराएछन् । केहिदिन खोज तलास गर्दा अचानक खुंडे खोल्सापारि खतिवडा थरका ब्यक्तिहरुले आफनो बस्तु रेखदेख गरी रहेको देखेर श्रीकृष्ण रमण पाध्या सिटौलाले यी मेरा बस्तुभन्दा झगडा भई समाज बसी कुराकानी हँुदा धार्मिक युगभएबाट सिटौलालाई धर्म गर भने र धर्म गर्न ३ दिनको समय मागी , नान्दे मुखि श्राद्ध गरी शिवजी स्थापना गरि चण्डीपाठ,रुद्री हबन,अहोरात्र पुजन गरी तपस्या गर्दा प्रशन्न भई शिवजीका जटाबाट उत्पति भएकी भागिरथी गंगा देवी सपनामा आई अब धर्म गर्न जाऊ भने पश्चात धर्म गर्न गएछन् र बस्तुहरुलाई श्रीकृष्ण रमण पाध्याले बोलाएछन् । गाई बस्तुले आई उनलाई घेरा हालेछन् । त्योदेखि अचम्म भै खतिवडाले समाज बोलाएछन् । समाजले पनि अचम्म भई अब खतिवडाले धर्म गर भन्दा पैला श्रीकृण रमण पाध्याले तपस्या गरेकै ठाउँमा गएर धर्म गर्नु पर्छ भनेर श्रीकृष्णले भनेछन् र ध्यान गरेकै ठाउँमा गई धर्म गर्न लाग्दा बकपत्र भै खतिवडा काम्न लागेछन् र यो गोठ सिटौला कै हो भनेछन् । समाजको मंजुर भै गोठ फिर्ता भयो सोहि दिन श्रीकृष्ण रमण पाध्याले आफ्ना गोठमा भएका काला बोका खड्ग निशानी भगवतीलाई भोग दिए शिवजी र भागीरथि गंगा देवीलाई फल फूल नैेबेद चढाइ त्यसै दिनदेखि हामी सिटौलाहरुको कुलपुजा सुरुवात भयो । त्यसैदिनदेखि नुवाकोट हाल फुर्केसल्ला गा।वि।स। खुँडे खोल्सापारि सिटौला र खँुडे खोल्सावारि खतिवडाले लेनदेन नगर्ने भनेछन् । त्यहि प्रचलन हालसम्म चलि आएकै छ ।. लिखु खोला खड्कूडे दह खुडे खोल्सा को सारै ठुलो महत्व छ ।.त्यसैदिनदेखि पहिला एक एक भएको परिवार फैलिदै डांडा कांडा ढाकेको पाइन्छ । हाम्रा कुल आउने पुजारी मान्छेबाट सन्ुन पाइन्छ । पूर्वतर्फ नान्दी मुखी स्राध्दगरी लघु लगाई बेद वाचन गरि रुद्री हवन र चण्डी गीता पाठ निष्ठा पूर्वक गरि सन्ध्याकाल आरती सुरुवातदेखि पन्चै बाजा बजाइ घन्ट,चमर,माला र खड्ग सहित जडुर महादेव पूजन गरी शिव स्थापनाको जल अभिशेख गरेपछि देवी देउता र प्रेत पर पिसाच जे भएपनि उत्पन्न भै बकपत्र भै सबैलाई बिरामी असक्तलाई किनारा लगाई शान्ति गरि माथी लेखिएको महादेवका जटाबाट उत्पन्न भएकी भागीरथी गंगादेवी हँु भनि बकपत्र गरि नरिवल,फलफुल र नैवेद संग प्रशन्न भै कुलको विन्द्रालाको रक्षा गरेको पाइन्छ । डाक्टरबाट निकोहुन नसकेका बिरामी,असन्चो तथा काम्ने रोगिले सकेसम्म अघिल्लो दिनदेखि बर्त बस्नुपर्छ । नान्दी मुखी श्राद्धमा पुर्खा सम्झदा श्रीकृष्ण रमणसम्म भर्सक सम्झनुपर्छ । बेलुका सबै बन्धु जम्मा भई आरती गर्नुपर्छ । रुदी्र पाठगरि होमादि गरि सक्न लागेपछि डोली बनाई देवता फुल पाति राखी बडाइ गरी बाजा बजाइ अघि लगाइ पँञ्चकन्या खड्ग डोली गरी मन्दिर देवीथान घुमेपछि पुजासुरु गर्नुपर्छ । बोकाको भोग खाइ बडांई गर्दा शुभ नदेखिएर पछि बोका पूजा छाडेर कोरी पुजामा प्रशन्न भएको पाइन्छ र पूर्वमा यहि चलन छ ।. दाहिनेपट्टि भागिरथी गंगादेवी वा अन्य देवी देउताको शिवजी स्थापनागरेको दायाँ पट्टि ३ तले मन्दिर बनाई दियोकलस छुटै सिरानमा दियो बीचमा कलस पुछारमा केराको पात ओछ्याई मूर्ति राखी फलफूल,नैबेद,खिर,नयाबाली चडाइ नरिवल भोग दिनुपर्छ । पकाउने पकुवानहरु पुर्खा पुजारीले पकाइ चडाउनुपर्छ । अन्य मुख्य देवताको स्तुति पुजन गरेको पाइन्छ र बायाँपट्टि भिमसेन, गोठका देवता समेत अन्य आसेपासेलाई प्रत्येक घरको दियो बाली साछीराखी ४कोठाबनाई ४ कोठामा २८ रेखा हालेपछि १०८ रेखिका कोठा प्रत्येक कोठापूजा गरि जेठाका परिवार सिखर बेसीले पुजन गरेर प्रत्येक २ बर्ष पश्चिम र ३ बर्षमा पूर्वमा कुलपूजा पूलश्चरण गरेको पाइन्छ ।.प्रत्येकबर्षको बैशाख पुर्णिमा गोठधूप, उभौली र मंसिर गुरु पुर्णिमा उधौली पुजा प्रत्येक साल पाएक परे सम्मका बन्धु एकैठाउँ भेलाभई पूजा गरेको पाइन्छ । अरु पर्व धर्म अनुसार मनाइन्छ । शिव हाम्रा कुल हुन्,बिधान एउटै हो । बिधिमात्र फरक र देवीको नाम फरक पाइयो । धादिङ्गमा कुलपूजाको अघिल्लो दिन प्रत्येक घरबाट सासू,बुहारी बर्ताउ बसेर कुलपुजा हुने ठाउँमा जम्मा भई एउटैै दियोमा बाती फरक फरक बुहारी पिच्छे एउटै दियोमा राखी दियो बाली पान पकुवान फलफुल चडाइ ब्राम्हण पढाइ टीका लगाई,दानगरी सबैघरका दियोबाट बाती पाखा राखी सबै घरको दियोबाट एउटा ठुलो दियोमा तेल खन्याई फेरि दियोबाली भोलिपल्ट कुलपूजा नसकेसम्म बालिन्छ । पुर्खा देखि नैै चलि आएको चलन होयो । अरु तिरपनि महिलाले दियो,लाखबति बाल्न आबश्यक ठान्दछु महिलाले मात्र भोग दिएको हेर्नु हुदँैन । साथै त्यहाँ २ बर्षको प्रत्येक मंसिर महिनाको १ गते कूलपूजा नुवागी गोठधूप गरिन्छ । साइत,तिथी,बार हेरिदैन । हालका मितिसम्म १६ बाबु छोरा हुदासम्म चलिआएको छ । कोही बन्धुु कुलपुजामा बोका बली दिने कोही नदिने पाइयो । हाम्रा कुलदेवता पूर्व पश्चिम सबैतिरका एउटै साक्क्षात भएबाट छोरा मागे छोरा साथै जे मागे पनि दिने भएकाले बिधि पूर्वक पूजागरे बन्धु बान्धब सबै सफल हुनेछन् । त्यसको प्रमाण हो हामी दरिद्र छैनौ अपांग नगन्य मात्र छौ अब हामीले कूलपूजा गर्दा धेरै बन्दुहरु भेला भएर बिधि बिधान पूर्वक पूजन गरे दैवीशक्ती प्राप्त हुनेछ । अपांगता हटी बुद्धि बिकाश हुनेछ भन्ने प्रमाण सबौतिरको कुलपूजा हेर्दा पाएको छु । पूजाभरिमा जो जतिसुकै बिरामी भए पनि तिलानी पानी र शिव स्थापनाको जलधारा पानी मुख्य पूजारीले चम्मरबाट अबिसेक गरे निकोहुन्छ ।
कुलपूजाको बिधि
पहिलो दिन नान्दी मुखी श्राध्दगर्ने बिधि पूर्वक शिव स्थापना,रुद्री,चण्डी सुरुगर्ने देवी या ठुला नदी भए कुनै एकमा गएर पुजन गरी दियोबाली कलश कन्या वरण गरी अघि लगाई हाम्रो पुजामा राज गराउने,बेलुका आमा,बुहारी,छोरी इच्छा हुनेले ब्रत बसी दियो,लाखबती,महाबती बाल्ने तिलानी सबैले लिने शंङ्ख,घण्ट,मादल ७ या ९ जम्मा गरी आफैले बाजा बजाए पनि हुन्छ । मुख्य पुजारीले खड्र्ग बोक्ने आरती गरी वरिपरि घुम्ने ब्रामणबाट अबिसेक गराउने भोलि बिहान चण्डी पाठ मण्डप बनाइ रुद्री हबन सक्नुभन्दा अघि डोली बनाई शिवजी फलफूल नैबेदराखि बाजा बजाउने अघि दियो कलस, पछि डोली खड्ग सहित मण्डप घुम्ने ३ तले मन्दिरमा दियो कलस राखि पुछारमा नरिवल भोग दिने चढाउन,े शिवजी आफनै स्थानमा राखि बायाँ भागमा १०८ कोठामा पछाडि ५ मूर्ति लिङ्गा राखि गोठ पूजा नयाँ अन्न, पान पकुवान सबैचडाई नुवागी गोठपूजा सबै हुनेछ । प्रसाद बितरण, ठाउँको तयारी पहिले नै गर्नुपर्नेछ । देवीको नाम ठाउँ अनुसारको भएपनि दैवीशक्ति प्राप्त भै हाम्रो बिन्द्रालाको कल्यण गर्ने छन् भन्ने सबै ठाउँको पूजाहेर्दा पाएको छु ।
सबै बन्दुहरुका घरमा भएको टेबुलमा यो वंशावली इतिहास रहोस् चेलिबेटी,भाउजू,बूहारी बन्धु साना ठुला सबैले अध्ययन, फोन, इमेल गरी आपनत्व बृद्धी होस्, हाम्रा कुलदेवताले हामी सबैको कल्याण गरुन् भनी प्रार्थना गर्दछु । .
टीकाप्रसाद सिटौला
दोस्रो बंशावली संकलक
जन्म स्थानः निगुरादिन–९, ताप्लेजुङ्ग
हालः बालकोट–९, भक्तपुर
(जन्म मिति २०१२÷०३÷११)