कविताको शिर्षकः जव चेतनाको सूर्य अस्ताउछ

बिर्सेर गन्तब्य
उ पर हेर त !
कति धेरै मानिसहरु
निष्पट्ट अध्यारोमा
तछाड-मछाड गर्दैछन
मानवीय मुक्तिका कैयौ चाहाना हरु
अध्यारोमा निस्सासिएर मर्दैछन
विडम्बना !
मान्छे भित्रको चेतनाको सुर्य
अस्ताइ सकेको छ
स्वभाविक हो !
सुर्य अस्ताए पछि
याहा अध्यारो रमाएको छ
अध्यारोकै अधिराज्यमा
मान्छेले साम्राज्य जमाएको छ
त्याहा मान्छेले मान्छेलाई चिन्दैन
उ मान्छे हो
तर उसलाई मान्छे भन्न मिल्दैन
कारण !
स्वतन्त्र छैन उ
अभिमानको बन्दी भएकोछ
मानवीय चेतनाको आखिझ्याल बाट हेर्दा
उ माछे होइन
उ त माछे कै जिवित कन्काल हुदै गएको छ
जो सधै अध्यारोमा चलमलाउछ
बिर्सेर आफ्नो ब्रह्म-स्वरुप
सधै मान्छेको सातो उडाउछ
गजबको छ त्यो मानवीय कन्काल
रमाउछ उ
ह्वार-ह्वार्ति जल्दै गरेको देखेर
मानवीय उन-मुक्तिका सपना हरु
सपनाको गर्भमा सजाउछ
हिटलरका बिपना हरु
बर्तमानमा रमाउछ्न
उसकै मनभित्रका सकुनि हरु
जव देख्छ आफै
उसले जित्दै गरेका
यदुबम्शि युद्धहरु
अनौठो छ उसको आत्माकथा
रुदैन उ कहिल्यै
मर्दै गरेको देखेर
भित्री मनका आफ्नै बुद्ध हरु
चेतनाको सुर्य अस्ताएको
मान्छेको शहरमा
मानवीय ज्ञान
सधै डरले थर्थराउछ
अद्वैत शृष्टीको साझा खुसी
आपसी धर्म युद्धमा रमाउछ
ज्ञान मर्दै गएको देखेर
युद्धभुमिमा बिज्ञान
बिजय उत्सव मनाउछ
यो सबै देखेर
आफु भित्रै निस्सासिएको सत्य
आफै सग डराउछ
अनि
नि:शब्द निराकार नेपथ्यमा
शृष्टीको अमर आत्मा
एक्लै बिरहि गीत गाउछ
जव मान्छे भित्र क्रमशः
चेतनाको सुर्य अस्ताउछ
ॐ नमोशिवाय:
************