परिचय
सिटौला वंशका वंशावली संकलक आदरणीय स्व. मास्टर तुलसी प्रसाद सिटौला तत्कालिन निघुरादिन गाउँ विकास समिति वडा नं. ३, ताप्लेजुङमा विक्रम संवत् १९७८ असार ३ गते बिहीवार बाबु परमानन्द र आमा कृष्णमाया थपलिया (
बन्धुसँग समझदारीको लागि औपचारिक पत्र २०८२
सिटौला सेवा समाज नेपालको केन्द्रिय कार्यालयको घर जग्गा व्यवस्थापन गर्नको लागि यस समाजका केन्द्रिय पदाधिकारी, सदस्य तथा सल्लाहकारज्यूहरुबाट माथि उल्लेखित रकम कवुल गरिएको छ। यस अभियानलाई पूर्णता दिनको लागि आज भन्दा करिव दुई वर्ष अगाडि कार्य समितिका बाँकी सदस्यहरु साथै देश विदेशमा बसोबास गर्ने सम्पूर्ण बन्धुबान्धवहरुलाई सहयोगको लागि आवाहन गरिएको छ। यसमा सिटौला सेवा समाज नेपालका अध्यक्ष डा. सुरेन्द्र कुमार सिटौलाज्यूले कबूल गर्नु भएको रकम रु. १५,00,000 पन्द्र लाख रुपैयाँ समाजको खातामा जम्मा भईसकेको छ। बाँकी पदाधिकारी, सदस्य तथा सल्लाहकारहरुले उक्त कोषमा जम्मा गर्न कबूल गरिएको रकम माथि नामावली सहित उल्लेख गरिएको छ। दानवीर एवं मनकारी भारद्वाज गोत्रीय...
घोषणा दोस्रो चरण 2082 : घर जग्गा व्यवस्थापन अन्तर्गत निर्माण चरणको लागि रकम घोषणा गर्ने सहभागी दाताहरुको नामावली
सिटौला सेवा समाज नेपालले २०८१ साल बैशाख ३ गते भक्तपुर जिल्ला, सिपाडोल, पवित्र एवं प्रसिद्ध डोलेश्वरधाम नजिक खरिद गरेको जग्गामा निर्माण कार्य सुभारम्व गर्न गईरहेको छ। यस कार्यका लागि विगत झै आर्थिक संकलन कार्य सुरुवात गरिएको छ। यसलाई "आर्थिक सहभागिताको दोस्रो चरण, २०८२" नामाकरण गरी दाताहरुबाट आर्थिक संकलन गर्ने कार्य सुरुवात गरिएको छ। यसमा बोलकवोल गर्ने अरु सहभागी दाताहरु भए पनि सर्वप्रथम बैंक खातामा रकम जम्मा गर्नुहुने पिंडी नंम्बर १० का स्वर्गीय नलनाथ र श्रीमती लक्ष्मीदेवी पराजुली सिटौलाका जेष्ठ सुपुत्र ११ पिँडी का श्री कमल सिटौला र वहाँकी धर्मपत्नी श्रीमति मिना हमाल सिटौलाले आफ्ना स्वर्गीय पिताको नाममा एक लाख एक...
सिटौला सेवा समाज नेपालले गत साल अभियानको थालनी गर्दा २११ जना दाताहरुको नामावली सिटौला स्तम्भ २०८१ नामाकरण गरी उक्त स्तम्भमा एक लाख भन्दा बढी रकम सहित सहभागी हुनुहुन बन्धुहरुको तीन पुस्ते नामावली अभिलेख गरिने र वहाँहरुलाई घरजग्गा व्यवस्थापनको संस्थापक सदस्य घोषणा गरिने समाजले प्रतिवद्धता जाहेर गरेकोमा सोही प्रतिवद्धता अनुसार १९२ जना मात्रै दाताहरु सहभागी हुनुभएकोले सहभागी सबै दाताहरुको उच्च सम्मान गर्दै सिटौला सेवा समाज नेपालको घरजग्गा व्यवस्थापनको पहिलो चरणमा सहभागी हुनुहुने सबै बन्धु तथा चेलिबेटीहरुलाई मिति २०८२ जेठ १० को तेह्रौं वार्षिक साधारण सभा बैठकको निर्णयले संस्थापक सदस्य (Founder Member) घोषणा गरिएको छ।
सिटौला सेवा समाज नेपालको सातौं अधिवेशन एवं तेह्रौं वार्षिक साधारण सभामा समाजको सञ्चित कोषबाट कम भन्दा कम रकम खर्च होस भन्ने उद्धेश्यले उक्त कार्यक्रमको लागि सौजन्यकर्ता आह्वान गरिएकोमा देशविदेशबाट सहभागी सौजन्यकर्ताहरुको विवरण सहितको नामावली
अधिवेशन एवं साधारण सभाको खर्च मितव्ययी गर्नको लागि सातौं अधिवेशन एवं तेह्रौं वार्षिक साधारण सभा २०८२ साल जेठ १० गते देखि लागू हुने गरी देहाय बमोजिमको मनोनयन दस्तुर कायम गरिएको छ।
१. अध्यक्ष रु. १५,०००/-*१ = रु. १५,०००/-
२. उपाध्यक्ष रु. १०, ०००/- *२ = रु. २०,०००/-
३. महासचिव रु. ८,०००/-* १ = रु. ८,०००/-
४. सचिव रु. ६,०००/- * १ = रु. ६,०००/-
५. कोषाध्यक्ष रु. ५,०००/- * १ = रु. ५०००/-
६. सह-कोषाध्यक्ष रु. ३,०००/- * १ = रु. ३,०००/-
७. सदस्य रु. १,०००/- * १८ = रु. १८,०००/-
जम्मा रु. ७५,०००/- पचहत्तर हजार मात्र ।
सम्पर्क
सिटौला अनलाइन वंशावली
संयोजक
डिल्ली प्रसाद सिटौला (मेदिबुङ्गे)
सिटौला सेवा समाज नेपाल, सुकेधारा, काठमाण्डौ
सम्पर्क :
फोन नंम्बरः ९८५१३४५१२०
email: sitaulasamaj@gmail.com
द्रोणचर सिटौला पिँडी नं. ९
जीवन सिटौला
सातौं अधिवेशनबाट पारित सलहकारज्यूहरु २०८२ जेठ १०
सिटौला सेवा समाज नेपालको २०८२ जेठ १० गते शनिबार सम्पन्न तेह्रौं वार्षिक साधारण सभाले मनोनयन गरेका समाजका सल्लाहकारज्यूहरुको नामावली । यी नामावली मध्येबाट निर्वाचित कार्यसमितिले आवश्यकता अनुसार विधानमा भएको व्यवस्था अनुसार सिटौला सेवा समाज नेपालको दुई वर्षे कार्यकालका लागि सल्हाकार समिति गठन हुने व्यहोरा सबैको जानकारीका लागि अनुरोध गरिन्छ।
१) अनौपचारिक रुपमा २०४२ सालमा गठन भएको सिटौला समाजका प्रथम अध्यक्ष श्री चैतन्य सिटौला
२) श्री कपिलमुनी सिटौला
३) श्री सचिदानन्द सिटौला
४) सिटौला सेवा समाज नेपाल औपचारिक रुपमा २०६७ मा गठन पूर्व एवं संस्थापक अध्यक्ष डा. ओम कृष्ण सिटौला
५) सिटौला सेवा समाज नेपाल औपचारिक रुपमा २०६७ मा गठन पश्चात...

