बंशावली दोस्रो संस्करणबाट

बंशावलीको प्रथम सँस्करण २०४८ चैत्र २९ गते सिटौला बन्दुहरुको इतिहास सँग्रहित प्रथम संस्करण मेरा पुजनिय बुबा श्री मास्टर तुलसीप्रसाद सिटौलाबाट संकलित प्रकाशित भएको हो। यातायात, संचार तथा अन्य सुविधा नभएको समयमा भारत, भुटान, बर्मा तथा नेपालका कुना कन्दराका प्रत्येक बन्धुहरुका घरदैलामा पैदल यात्रामा पुगेर कठिन पूर्वक १५।२० वर्ष संकलनमा खर्चिएर बंशावली संकलन गरी हाम्रा पुस्तौ पुस्ताका लागि ऐतिहासिक मार्ग प्रदान गर्नुभयो सो अनुकरणीय कार्य अतुलनीय छ । संकलनका क्रममा विभिन्न बन्धु बान्धवहरुका घर दैलोमा पुगी सो ठांउमा फलपूुल मात्र खाइ धुम्नु भएको रहेछ, त्यसैले उहाँलाई ती ठाउँहरुमा फलफूलहरु मात्र खाने बन्धुको रुपमा चिन्दारहेछन्, सो कुरा मैले दोस्रो संस्करण...