Introduction

परिचय

सिटौला वंशका वंशावली संकलक आदरणीय स्व. मास्टर तुलसी प्रसाद सिटौला तत्कालिन निघुरादिन गाउँ विकास समिति वडा नं., ताप्लेजुङमा विक्रम संवत् १९७८ असार ३ गते बिहीवार बाबु परमानन्द...

Joke Author photo
डा. सुरेन्द्र कुमार

वंशावलीको अनलाईन संस्करणमा समाजका अध्यक्ष, डा. सुरेन्द्र कुमार सिटौलाज्यूको मन्तव्य : २०७९ चैत्र ४ गते, शनिबार

सिटौला बन्धुहरुको वंशावली, पहिलो पटक २०४८ सालमा प्रकाशन भएको थियो। सिटौला सेवा समाज नेपालको मूख्य योगदानमा २०७० मा लगभग २२ वर्षपछि हामीले वंशावलीको द्वितीय संस्करण प्राप्त गरेका थियौं। अब हामी सिटौला वंशावलीको अनलाइन संस्करणमा प्रवेश गर्दैछौं। सिटौला वंशको यो अनलाइन वंशावली,

Contact us

सिटौला अनलाइन वंशावली

संयोजक

डिल्ली प्रसाद सिटौला (मेदिबुङ्गे)

सिटौला सेवा समाज नेपाल, सुकेधारा, काठमाण्डौ

सम्पर्क :

फोन नंम्बरः ९८५१३४५१२०

email: sitaulasamaj@gmail.com

सिटौला सेवा समाज नेपालको अनलाइन वंशावली विमोचन

सिटौला बन्धुहरुले लामो समयदेखि पर्खिएर बस्नु भएको सिटौला बन्धुहरुको अनलाइन वंशावली, मिति २०७९ साल चैत्र ४ गते, समाजको छैटौं अधिवेशन साथै एघारौं वार्षिक साधारण सभाको सुअवसरमा

अध्यक्षको प्रतिवेदन

सिटौला सेवा समाज नेपालको छैटौं अधिवेशन तथा एघारौं वार्षिक साधारण सभामा प्रस्तुत

अध्यक्षको प्रतिवेदन

207९ साल, चैत्र ४ गते, शनिबार

महासचिवको प्रतिवेदन

सिटौला सेवा समाज नेपालको छैटौं अधिवेशन तथा एघारौं वार्षिक साधारण सभामा प्रस्तुत

महासचिवको प्रतिवेदन

207९ साल, चैत्र ४ गते, शनिबार

अनलाइन वंशावली समुद्घाटनको सूचना

सबै...
Joke Author photo
जनार्दन

सिटौला वंशावलीको द्वितीय संस्करणमा श्री जनार्दन सिटौलाज्यूले राख्‍नुभएको मन्तव्य

निकै लामो अन्तराल पछि सिटौला वंशावलीको दोस्रो संस्करण यहाँहरु समक्ष प्रस्तुत गर्न पाउँदा धेरै हर्ष लागेको छ। २०४८ सालमा पहिलो पटक प्रकाशन भएको वंशावलीले २०७० सालमा आएर आफ्नो कलेवर फेर्न सफल भएको छ। वंशावलीको प्रथम संस्करण एक ऐतिहासिक दस्तावेज भएकोले यसमा रहेका महत्त्वपूर्ण लेखोटहरुलाई जस्ताको तस्तै यस संस्करणमा उतार गरिएको व्यहोरा अनुरोध गर्दछु।

Joke Author photo
मास्टर तुलसी प्रसाद

वंशावली प्रथम संस्करणमा स्व. मा. तुलसी प्रसाद सिटौलाज्यूले राख्नुभएको मन्तव्य

जीवनको घामपानी र हुरी बतासमा मैले लामो विषमतापूर्ण संघर्षहरुमा आफ्नो जीवनको समग्र समय लगाएको छु। मेरा अन्य कुनै उपलब्धी र परिणामहरु छैनन् । ब्याप्त प्रतिकूलता र अवरोधका बावजुद पनि आजसम्म म आफ्नै धारणामा समयसँग वगिरहेको छु । यसरी बग्दा बग्दै कालको गति नापेर हेर्दा आज म फगत ७१ वर्षीय दुब्लो मृत्यु बाहेक आफूलाई अरु केहि संझना पनि गर्न नसक्ने अवस्थामा पुगेको छु।

तर यसै अवधिमा मैले पहिला देखिनै संकलन गरिराखेको सिटौला वंशावली प्रकाशन गर्ने जमर्को बन्धु बान्धवहरुबाट भएपछि मेरा सहस्रौं परीश्रम मध्ये एउटा मात्र मैले सार्थक परिश्रम गरेको रहेछु जस्को मुल्यांकन ढिलै भएपनि गरिएकोमा आज म...

Joke Author photo
पुण्य प्रसाद (पि.पि.)

वंशावली द्वितीय संस्करण पि. पि. सिटौलाज्यूको प्रकाशकीय मन्तव्य

प्रकाशकीय

हाम्रा पुज्य पिता स्व. पदमलाल सिटौलाले २०४८ सालमा सिटौला वंशावलीको प्रथम संस्करण निजी लागतमा प्रकाशन गर्नु भएकोमा, यो दोस्रो संस्करणको प्रकाशन पनि हामीले निजी लागतमा नै गरेका छौं। यस घडीमा हामी आफ्ना स्व.

Joke Author photo
तेजप्रसाद

सिटौला वंशावली द्वितीय संस्करणमा श्री टि.पि. सिटौलाज्यूले राख्‍नुभएको मन्तव्य

शुभकामना

सिटौला समाजले वंशावली निकाल्ने कुरा या चर्चा सुन्दा अत्यन्तै खुसी लागेको छ। २०४८ सालमा पनि सिटौला वंशको वंशावली हामी माझ उपलब्ध भयो। उक्त वंशावली स्व. मास्टर तुलसीप्रसाद सिटौला एवं श्री लक्ष्मीप्रसाद (एल

Joke Author photo
कृष्‍ण प्रसाद

सिटौला वंशावली द्वितीय संस्करणमा श्री कृष्णप्रसाद सिटौलाज्यूले राख्‍नुभएको मन्तव्य

शुभ-कामना

सिटौला सेवा समाजले सिटौला वंशावली अद्यावधिक गरी प्रकाशन गर्न लागेकोमा बन्धु महानुभावहरुमा हार्दिक धन्यवाद एवं आभार प्रकट गर्दछु। वंशावली पुस्तकबाट पुर्खाहरुको स्मरणका साथै देश विदेशमा रहेका सबै बन्धुहरुको बीचमा परिचय गराउन ठूलो मद्दत मिल्नेछ भन्ने विश्वास लिएको छु।

अन्त्यमा

Joke Author photo
पदमलाल

सिटौला वंशावली पहिलो संस्करणका प्रकाशक स्व. पदमलाल सिटौलाज्यूको मन्तव्य

प्रकाशकीय

वंशावली इतिहासको सदैव आधारभूमी रहेको देखिन्छ। मानिसमा चेतना र कुनै कुरा देख्‍न सक्ने क्षमता भएपछि उसले आफ्नो इतिहास

Joke Author photo
लक्ष्मी प्रसाद (एल.पि.)

वंशावली प्रथम संस्करणका संयोजक श्री एल. पि. सिटौलाज्यूले राख्नुभएको मन्तव्य

मेरो भनाई

२०२४ सालदेखि सिटौला वंशावली बारे म भित्र एउटा छटपटी आरम्भ भएको हो। तर बीचको अवधीमा यो कार्य सक्रिय रहन सकेन, सबैभन्दा शक्तिशाली प्रवाह समय हुँदो रहेछ। २०४८ साल भाद्र १९ गते दाई रंगलाल सिटौला सर्पको डसाईबाट...

Joke Author photo
शंकर पाध्या

सिटौला वंशावलीको द्वितीय संस्करणमा श्री मुकुन्द सिटौलाज्यूले राख्‍नुभएको मन्तव्य

शुभकामना

वंशावली निर्माणमा शारीरिक, मानसिक शक्ति खियाउँदै पुस्ता पुस्ताहरुलाई सोध्दै बुझ्दै वंशहरुको नाम संकलन गर्दै पूर्व मेची देखि पश्चिम महाकाली,

Joke Author photo
मोहन प्रकाश

सिटौला वंशावली द्वितीय संस्करणमा श्री मोहन प्रकाश सिटौलाज्यूले राख्‍नुभएको मन्तव्य

शुभकामना

सिटौला सेवा समाजले सिटौला वंशावलीको दोस्रो संस्करण प्रकाशनमा ल्याउन लागेकोमा ज्यादै खुसी लागेको छ। यो एक कठीन र चुनौतीपूर्ण कार्य हो, जो सम्भव हुन गएको छ।

यथार्थमा कुनै पनि वंशावलीले आफ्ना पूर्वजहरुको थात-

Joke Author photo
तुलसी प्रसाद

वंशावलीको द्वितीय संस्करणमा श्री तुलसी प्रसाद सिटौलाज्यूले राख्नु भएको मन्तव्य

शुभ-कामना

सिटौला सेवा समाजले यस वर्ष सिटौला बन्धुहरुको वंशावली प्रकाशन गर्न लागेको अवसरमा हार्दिक प्रसन्नता प्रकट गर्दै यस ऐतिहासिक कार्यमा सहभागी हुनु हुने सम्पूर्ण बन्धु-बान्धव र अन्य महानुभावहरु प्रति हृदयदेखि नै साधुवाद दिन चाहन्छु। वंशावली एउटा गतिशील ग्रन्थ भएकोले...

वंशावली द्वितीय संस्करणमा समाजका महासचिव श्री भोलाप्रसाद सिटौलाज्यूको मन्तव्य

भूमिका

मानिसको परिचय अनादिकालदेखि नै कामको आधारमा हुदैआएको छ। त्यसै गरी बसोबास गरेको स्थान र पूर्वजले अपनाएको पेशा साथै स्वीकार गरिएको संस्कार तथा शिक्षाको आधारमा समेत गोत्र, प्रवर, थर कायम हुदैआएको छ। यसै आधारमा परापूर्वकालदेखि कूलदेवता र कूलदेवीको पूजा...

वंशावली प्रथम संस्करणका सम्पादक श्री के. पी. सिटौलाज्यूको मन्तव्य

खोजमेल गर्दा अनुभूति भएका प्रशंगहरु

वंशावली अन्वेषणको तुलनात्मक अध्ययन गर्दा कोइराला वंशलता अत्यन्त गहिरो प्रायः भरपर्दो ऐतिहासिक खोज तलास भएको र विशेष गरी ब्राह्मण क्षेत्रीको प्रादुर्भाव र आगमनका बारेमा

Joke Author photo
डा. सुरेन्द्र कुमार

कविताको शिर्षकः जव चेतनाको सूर्य अस्ताउछ

बिर्सेर गन्तब्य
उ पर हेर त !
कति धेरै मानिसहरु
निष्पट्ट अध्यारोमा
तछाड-मछाड गर्दैछन
मानवीय मुक्तिका कैयौ चाहाना हरु
अध्यारोमा निस्सासिएर मर्दैछन

सबै सिटौला बन्धुहरुको जानकारीको लागि सूचित गरिन्छः

सिटौला वंशको अनलाइन वंशावलीमा यहाँलाई स्वागत गर्दछौं ।

हाल सिटौला वंशको अनलाइन वंशावली परिक्षणको रुपमा सञ्‍चालन भइरहेको कुरा यहाँहरुलाई जानकारी गराउन पाउँदा हामी अत्यन्तै हर्षित छौं। सिटौला सेवा समाज नेपालले सिटौला वंशको दोस्रो संस्करण, २०७० सालमा प्रकाशित वंशावलीलाई अनलाइन वंशावलीको रुपमा प्रविष्‍ट (Upload)