सिटौला सेवा समाज नेपालको विधान, २०६७

सिटौला सेवा समाज नेपालको विधान

२०६७

प्रस्तावना

मानव विकास क्रमको ऐतिहासिक श्रृंखलाको विश्व परिक्ष्यलाई केलाएर हेर्दा हरेक समुदायको सर्वाङ्गिण विकास अनुशासित ढङ्गबाट चलाउन सांगठनिक प्रक्रियाबाट मात्र संभव हुने देखिएकोले प्रगतिको बाटोमा लम्काउन पृथक् पृथक रुपमा बसिरहेका भारद्वाज गोत्रीय सिटौला समुदायलाई एकै सूत्रमा बाँध्‍ने उद्देश्यले सिटौला सेवा समाज नेपाल को स्थापना गर्न वाञ्छनीय भएकोले यो सिटौला सेवा समाज नेपाल को विधान बनाइएको छ ।

परिच्छेद - १

प्रारम्भिक

१.यस संस्थाको नामः

यस समाजको नाम सिटौला सेवा समाज नेपाल अङ्ग्रेजीमा STAULA SEWA SAMAJ NEPAL को विधान, २०६७ रहेनेछ।

(क) संस्थाको कार्यालय रहने ठेगानाः

यस संस्थाको कार्यालय काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ४, सुकेधारा, काठमाण्डौमा रहनेछ। आवश्यकता अनुसार देशका अन्य जिल्लाहरुमा पनि विभाग तथा शाखाहरु खोल्न सकिनेछ । त्यस विभाग वा शाखामा एकजना संयोजक(अध्यक्ष) र सदस्य सचिव सहित बढीमा ७ जनासम्मको समिति बनाउन सकिनेछ।

(ख) संस्थाको कार्यक्षेत्रः

यस संस्थाको नाम सिटौला सेवा समाज नेपाल अङ्ग्रेजीमा STAULA SEWA SAMAJ NEPAL भनिनेछ। यस समाजको कार्यक्षेत्र काठमाडौं जिल्लामा रहनेछ । आवश्यकता अनुसार सम्बन्धित जिल्लाको स्थानीय अधिकारीको स्वीकृति लिई अन्य क्षेत्रमा समेत कार्यक्षेत्र विस्तार गर्न सकिनेछ ।

(ग) प्रारम्भः

यो विधान संस्था दर्ता भएको मितिदेखि प्रारम्भ हुनेछ ।

(घ) संस्थाको अस्तित्वः

यो समाज (संस्था) एक अविच्छिन्न उत्तराधिकारवाला, संगठित, स्वशासित, गैह्र-नाफामूलक, गैरराजनीतिक तथा गैरसरकारी सामाजिक संस्था हुनेछ। यसले व्यक्ति सरह आफ्नो नामबाट सम्पति प्राप्त गर्न, भोग चलन गर्न र हक हस्तान्तरण गर्न सक्नेछ। तर संस्थाबाट आफ्नो उद्देश्य बाहेक अन्य आय आर्जन गर्ने तथा कुनै प्रकारको शुल्क लिई वा नलिई परामर्श प्रदान गर्ने कार्य गरिने छैन।

२. परिभाषाः

विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस विधानमाः

(क) विधान भन्नाले संस्था दर्ता ऐन २०३४ बमोजिम दर्ता भएको सिटौला सेवा समाज नेपाल अङ्ग्रेजीमा STAULA SEWA SAMAJ NEPAL को विधानलाई संझनुपर्छ।

(ख) समाज भन्नाले सिटौला सेवा समाज नेपाल अङ्ग्रेजीमा STAULA SEWA SAMAJ NEPAL लाई जनाउनेछ।

(ग) सदस्य भन्नाले समाजको सदस्यता प्राप्त गर्ने व्यक्तिलाई जनाउनेछ।

(घ) कार्यसमिति भन्नाले यस विधानको दफा १३ बमोजिम गठित कार्यसमितिलाई जनाउँछ।

(ङ) पदाधिकारी भन्नाले समाजका पदाधिकारी र सदस्यहरूलाई समेत संझनुपर्छ।

(च) ऐन भन्नाले संस्था दर्ता ऐन समेतलाई संझनुपर्छ।

(छ) अध्यक्ष भन्नाले समाजको कार्यकारिणी समितिको अध्यक्षलाई जनाउनेछ।

(ज) महाधिवेसन भन्नाले समाजको महाधिवेसनलाई बुझाउनेछ।

(झ) तोकिएको वा तोकिए बमोजिम भन्नाले यो विधान र यस विधान अन्तर्गत बनेको नियम विनियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्दछ।

(ञ) आर्थिक वर्ष भन्नाले हरेक वर्षको श्रावण १ गतेदेखि अर्को वर्षको आषाढ मसान्तसम्मको अवधिलाई संझनुपर्छ। तर समिति दर्ता गरेको वर्षको लागि भने समिति दर्ता भएको मितिदेखि आउने आषाढ मसान्तसम्मको अवधिलाई बुझाउनेछ।

३. समाजको छाप र चिन्हः

प्रचलित व्यवस्थाको प्रतिकूल नहुने गरी समाजको एउटा छुट्टै छाप र चिन्ह हुनेछ । छाप र चिन्ह अनुसूची १ बमोजिमको ढाँचामा हुनेछ । तर समाजको नाम, छाप र चिन्ह पूर्व दर्ता भएको कुनै समूहसँग मेल खाएमा संशोधनको प्रकृयाद्वारा तुरून्त संशोधन गरिनेछ।

परिच्छेद - २

उद्देश्यः

४. संस्थाको उद्देश्यः

संस्थाको उद्देश्यहरू देहाय बमोजिम रहनेछः

(क) नेपालका विभिन्न क्षेत्रहरु तथा प्रवासमा रहेका सिटौला परिवारलाई सांगठनिक रुपले एकताको सूत्रमा आबद्ध गर्ने।

(ख) सिटौला परिवारका आदिम पुख्र्यौलीदेखि चलिआएका परम्परागत, धार्मिक, सांस्कृतिक तथा सामाजिक रीतिरिवाजलाई समयसापेक्ष ढंगबाट संरक्षण तथा संवद्र्धन गर्दै लैजाने।

(ग) आर्थिक रुपले विपन्न अवस्थामा रहेका सिटौला परिवार र अन्य असक्षम वर्गका परिवारका केटाकेटीहरुलाई सर्वसुलभ रुपले शिक्षाको अवसर प्रदान गर्नका लागि शैक्षिक संस्थाहरुको वैज्ञानिक ढंगबाट संचालन गर्ने।

(घ) विशेषतः विभिन्न अवस्थामा रहेका सिटौला परिवारहरुको र समग्रमा सम्पूर्ण सिटौला परिवारहरुको आर्थिक उन्नतिका लागि अनुसन्धानात्मक खोजी तथा उपलब्धताको लागि आवश्यक कदम चाल्ने।

(ङ) सिटौला परिवारभित्र अवसरका अभावका कारण विभिन्न क्षेत्रमा लुकेर बसेका प्रतिभाहरुको प्रस्फुटन तथा उपयोगका लागि समयसमयमा शैक्षिक, सांस्कृतिक, वैज्ञानिक तथा विविध पक्षहरुमा गोष्ठी, छलफल तथा भेलाका कार्यक्रमहरुको आयोजना गर्ने ।

(च) समग्र सिटौला परिवार भित्र उमेर, अवस्था, पेशा, लिङ्ग, नाता सम्बन्धी र कार्यरत क्षेत्र अनुसार सङ्कलित तथ्याङ्कको आद्यवधिक अभिलेख राखी समय समयमा छुट्टाछुट्टै रुपले उपसमितिको निर्माण गर्दै विभिन्न कार्यक्रमहरुको आयोजना गरी सो अनुरुप संभावित विकासमा सहयोग पुर्‍याउने।

(छ) देशभित्र र विश्वमा नै विद्यमान जाती, धर्म, समाज, संस्कृति, वैज्ञानिक तथा मानवीय सरकारी र गैरसरकारी संघ संस्थाहरुसँग समन्वय कायम राखी मानवजीवनसँग संवद्ध सम्पूणर् पक्षहरुको विकास तथा उपभोगमा सादृश्यता बढाउने। साथै सिटौला परिवार भित्रका सम्पदा तथा रीतिरिवाजहरुको संरक्षण तथा संवद्र्धनका लागि कार्य गर्दै आएका संघ संस्थालाई सिटौला समाजसँग आवद्ध गर्ने।

(ज) मानवीय मर्यादा, सम्मान, शान्ति र सहिष्णुताका लागि सामाजिक न्यायको अवधारणा अनुरुप मानव समूदायको स्थायित्व र शान्तिका लागि कार्य गर्ने ।

(झ) सिटौला परिवारहरुको समय-समयमा आयोजना हुने विभिन्न किसिमका वृहत भेला तथा कार्यक्रमहरुलाई सुगम तरिकाले संचालन गर्ने।

(ञ) सिटौलाहरुको कुलदेवताका नामबाट विभिन्न स्थानमा निर्मित मन्दिरको व्यवस्थापन गरी नित्य पूजा, पर्व पूजा गर्ने व्यवस्था मिलाउने र सिटौलाका पुर्खाबाट निर्माण भएका र पछि निर्माण हुने मठ मन्दिर, कुटी, पाटी पौवा, पूल आदिको लगत लिई एकीकृत गरी राख्ने र सोको संरक्षण सम्बन्धी कार्य गर्ने।

५. संस्थाको उद्देश्य प्राप्त गर्न गरिने कार्यहरूः

यस संस्थाको उपरोक्त उद्देश्यहरू प्राप्त गर्न देहायका कार्यहरू गर्नेछः

(क) संस्थाले प्रचलित नेपाल कानून बमोजिम सम्बन्धित निकायबाट अनुमति वा ईजाजत प्राप्त गरेर मात्र आफ्नो उद्देश्यहरू कार्यान्वयन गर्नेछ।

(ख) संस्थालाई आवश्यक हुने भवन निर्माण गर्ने वा भाडामा वा लिजमा लिनेछ र कम्प्युटर, टेलिफोन, टाइपराइटर, फ्याक्स जस्ता कार्यालय सामान तथा सवारी साधन खरिद गर्नेछ वा भाडामा लिई प्रयोग गर्नेछ।

(ग) सिटौला सेवा समाज नेपालका लागि आवश्यक पर्ने कर्मचारीको नियुक्ति तथा तिनको सेवा शर्त तथा सुविधा सम्बन्धी निर्धारण गर्नेछ।

(घ) अन्य कार्यहरुः

परिच्छेद - ३

सदस्यताः

६. सदस्यहरूको वर्गीकरणः यस संस्थामा देहाय बमोजिम ५ प्रकारका सदस्यहरू रहनेछन्

(क) साधारण सदस्यः

यस विधानको दफा ७ बमोजिमका सिटौला कूुलका विवाहित छोरी, चेली तथा १८ वर्षभन्दा मुनीका सदस्यहरुलाई सिटौला सेवा समाजको साधारण सदस्यता प्रदान गर्न सकिनेछ।

(ख) संस्थापक सदस्यहरूः

यो संस्था दर्ता हुँदाको बखतका पदाधिकारीहरू संस्थापक सदस्य हुनेछन्। संस्थापक सदस्यहरूले साधारण वा आजीवन सदस्यता लिएर विधान बमोजिमको शुल्क बुझाउनु पर्नेछ।

(ग) आजीवन सदस्यः

सिटौला सेवा समाज नेपालको विकासको लागि एकमुष्ट रु.१५००।- (एकहजार पाँचसय) वा सोभन्दा बढीको चल अचल सम्पत्ति (हाल पाँच हजार रुपैयाँ) प्रदान गर्ने व्यक्ति वा समाजका लागि विशेष योगदान पुर्‍याउने व्यक्तिहरुलाई तोकिएको प्रकृया अन्तर्गत आजीवन सदस्यता प्रदान गरिनेछ।

(घ) मानार्थ सदस्यः

सिटौला सेवा समाजका लागि वा अन्य सामाजिक क्षेत्रमा विशिष्ठ योगदान पुर्‍याएका वा राष्ट्रिय वा अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति प्राप्त गरेका समाजलाई एकमुष्ट रु.५०,०००।- (पचासहजार रुपैयाँ) वा सोभन्दा बढी नगद वा सो बराबरको जिन्सी प्रदान गर्ने व्यक्तिलाई केन्द्रिय कार्यसमितिले निःशुल्क मानार्थ सदस्यता प्रदान गर्न सक्नेछ। मानार्थ सदस्यको मताधिकार हुनेछैन।

(ङ) सक्रिय सदस्यः

सिटौला सेवा समाजको लागि काम गर्ने सिटौला परिवारको कुनै पनि व्यक्तिलाई समाजको सक्रिय सदस्यता दिन सकिनेछ। सदस्यताको नवीकरण प्रत्येक आर्थिक वर्षमा गर्नु पर्नेछ।

७. सदस्यता प्राप्तिको लागि आवश्यक योग्यताः

यस समाजको सदस्य बन्नका लागि देहाय बमोजिमको योग्यता पुगेको हुनु पर्नेछः

(क) समाजको संस्थापक सदस्य र मानार्थ सदस्य बाहेक अन्य कुनै पनि सदस्यता लिन चाहने व्यक्तिले तोकिएको प्रवेश शुल्क सहित २ प्रति पासपार्ट साइजको फोटो संलग्न राखी तोकिएको आवेदन फर्म भरी केन्द्रिय समितिमा वा सो समितिले तोकेको अन्य स्थानमा निवेदन दिनु पर्नेछ। सदस्यता दिने वा नदिने अधिकार कार्यसमिति वा सो कार्यसमितिद्वारा तोकिएको व्यक्तिमा सुरक्षित रहनेछ।

८. समाजको सदस्यता प्राप्त गर्न नसक्ने अवस्थाः

देहायका अवस्थामा कुनै पनि व्यक्ति समाजको सदस्य पद प्राप्त गर्न सक्ने छैनः

(क) सदस्यता नवीकरण नगरेमा,

(ख) समाजको हित विपरित कार्य गरेमा,

(ग) राजीनामा दिएमा,

(घ) मानसिक सन्तुलन ठीक नभएमा,

(ङ) विधानको दफा ९ बमोजिम सदस्यता समाप्त भएमा,

(च) समाज वा कुनै पनि समूहको दामासाहीमा परेको,

(छ) मृत्यु भएमा

९. सदस्यताको समाप्तिः

(१) देहायका अवस्थामा कुनै पनि व्यक्ति संस्थामा वहाल रहने छैनः

(क) यस विधानको दफा ८ बमोजिमको सदस्य पद प्राप्त गर्न नसक्ने भएमा।

(ख) साधारण सभाको ७५% को सदस्यहरूको वहुमतले समूहको सदस्य पदबाट हटाउने प्रस्ताव पारित गरेमा।

(ग) सदस्यले आफ्नो पदबाट दिएको राजिनामा स्वीकृत भएमा।

(घ) संस्थाको काम कारवाहीमा बेइमानी वा बदनियत गरेको कुरा अदालतबाट प्रमाणित भएमा।

(ङ) यस विधान बमोजिम संस्थाले गर्न नहुने भनी तोकिएको कुनै कार्य गरेमा।

(च) सदस्यता शुल्क बुझाउन बाँकी भएमा।

(छ) संस्था विघटन भई खारेज भएमा।

(२) कुनै व्यक्ति संस्थाको सदस्यता प्राप्त गर्न वा वहाल रहन अयोग्य ठहराउनु भन्दा अघि संस्थाले निजलाई सो कुराको सूचना दिई सफाईको सबुद पेश गर्ने मौका दिइनेछ ।

१०. सदस्यता शुल्क र सदस्यता प्रदान गर्ने विधिः

यस विधानको दफा ६ बमोजिमको सदस्यहरूले देहाय बमोजिमको उपदफामा तोकिएको शुल्क तिरी, सदस्यता प्राप्त गर्न सक्नेछन् ।

(क) साधारण सदस्यता प्राप्त गर्न चाहने व्यक्तिले प्रवेश शुल्क वापत रू. २००।- (एकपटकको लागि मात्र) ।

(ख) आजीवन सदस्यता रु.५००0।-

(ग) सक्रिय सदस्य रु.१५०।-

(घ) नवीकरण शुल्क रु.१००।-

(ङ) महाधिवेशनमा भाग लिने सक्रिय सदस्य र पर्यवेक्षकको रुपमा भाग लिने साधारण सदस्यको लागि महाधिवेशन शुल्क रु.१००।-

परिच्छेद - ४

साधारणसभा, कार्यसमिति तथा बैठक सम्बन्धी व्यवस्था

११. साधारण सभाको गठनः

(१) यस संस्थाको विधानको दफा ७ अनुसार सदस्यता प्राप्त गर्ने मानार्थ सदस्य बाहेकका अन्य सदस्यहरू भएको साधारण सभाको गठन हुनेछ। मानार्थ सदस्यहरू आमन्त्रित हुने छन्। साधारण सभा संस्थाको सर्वोच्च अङ्ग हुनेछ्।

(२) यस संस्थाको साधारण सभा देहाय बमोजिम हुनेछः

(क) वार्षिक साधारण सभाः वर्षको एकपटक वार्षिक साधारण सभा बस्नेछ। महाधिवेसन हुने वर्षमा साधारणसभा हुनेछैन।

(ख) विशेष साधारण सभाः संस्थाको कूल सदस्य संख्याको १/४ (एक चौथाइ) सदस्यहरूले कारण जनाई विशेष साधारण सभा माग गरेमा विशेष साधारण सभा कार्यसमितिले कम्तीमा ७ (सात) दिनभित्र अनिवार्यरूपमा बोलाउनु पर्नेछ। तर साधारण सभा वा विशेष साधारण सभा बसेको ६ महिनाभित्र पुनः विशेष साधारणसभा बस्न सक्ने छैन।

(३) यस संस्थाको प्रथम वार्षिक साधारण सभा समज स्थापना भएको आ.व. समाप्त भएको मितिले ३ महिनाभित्र गरिनेछ र त्यसपछिका वार्षिक साधारणसभाहरू आर्थिक वर्ष समाप्त भएको मितिले ६(छ) महिनाभित्र गरिनेछ।

(४) यस संस्थाको वार्षिक साधारण सभा गर्नको लागि कम्तीमा १५ दिन अगावै र विशेष साधारण सभा गर्नका लागि कम्तीमा ७ (सात) दिन अगावै सभा हुने स्थान, मिति, समय र छलफल गर्ने विषय खोली सबै साधारण सदस्यहरूलाई अनिवार्यरूपले सूचना दिइनेछ।

(५) उपदफा ४ बमोजिम बोलाइएको साधारण सभा वा विशेष साधारण सभामा विधानको दफा १८ बमोजिमको गणपूरक संख्या नपुगी सभा हुन नसकेमा कम्तीमा ७ (सात) दिनको म्याद दिई पुनः साधारण सभा बोलाइनेछ।

(६) साधारण सभा र विशेष साधारण सभाको छुट्टाछुट्टै निणर्य पुस्तिका राखिनेछ।

(७) महाधिवेशनमा देहायका सदस्यहरुले भाग लिन सक्नेछन्।

(८) संस्थापक, आजीवन र सक्रिय सदस्यहरु

(९) मानार्थ तथा साधारण सदस्यहरुले परिवेक्षकको रुपमा महाधिवेशनमा भाग लिन सक्नेछन् र तर त्यस्ता सदस्यहरुलाई मतदानको अधिकार हुनेछैन।

(१०) महाधिवेशन प्रत्येक तीन वर्षमा हुनेछ।

(११) महाधिवेशनको सूचना १५ दिन अगावै सम्बन्धित सदस्यहरुलाई जानकारी गराइनेछ।

(१२) महाधिवेशनमा उपस्थित सदस्यहरुको वहुमतबाट कुनै पनि निणर्य हुनेछ तर मत बराबर भएमा अध्यक्षले निर्णायक मत दिनेछन्।

(१३) महाधिवेशनले समाजको नीति तथा कार्ययोजना तर्जुमा, विधान संशोधन, कार्यकारिणी समितिको निर्वाचन, लेखापरिक्षक नियुक्ति, लेखापरिक्षण प्रतिवेदन एवं कार्ययोजना, बजेट आदि पारित गर्नेछ।

(१४) महाधिवेशनको गुणपूरक संख्या समाजको जम्मा सदस्यको ५१ प्रतिशत हुनेछ। तर पहिलोपटक आह्वान गरिएको समयमा ५१ प्रतिशत सदस्यको उपस्थिति नरहेमा दोश्रोपटक दश दिनको सूचना दिएर बोलाएको महाधिवेशनमा जे जति सदस्यहरु उपस्थित रहन्छन् सोही गुणपूरक संख्या मानिनेछ ।

१२. साधारणसभाको काम, कर्तव्य र अधिकारः साधारण सभाको काम कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः

(क) कार्यसमितिले पेश गरेका योजना, कार्यक्रम र वार्षिक बजेट पारित गर्ने ।

(ख) लेखापरीक्षकबाट प्राप्त भएको वार्षिक लेखापरीक्षण-प्रतिवेदनमाथि छलफल गरी अनुमोदन गर्ने र लेखापरीक्षण प्रतिवेदनबाट देखिएका अनियमित एवं बेरूजु रकमहरू माथि छलफल गरी नियमित गर्न नमिल्ने बेरूजु रकमहरू असुल उपर गरी फछ्र्यौट गर्नका लागि कार्यसमितिलाई निर्देशन दिने।

(ग) आगामी वर्षको लागि लेखापरीक्षकको नियुक्ति गर्ने।

(घ) संस्थाको वार्षिक कार्यप्रगति विवरण र समूहले गरेका कार्यहरूको मूल्यांकन गरी कार्यसमितिलाई आवश्यक निर्देशन दिने।

(ङ) संस्थाको कार्यसमितिका पदाधिकारीहरूको पदावधि पुगेको अवस्थामा कार्यसमितिका पदाधिकारीहरुको विधान बमोजिमको प्रक्रिया अन्तर्गत रही निर्वाचन गर्ने।

(च) कार्यसमितिद्वारा पेश भएका विधान संशोधन, नियम तथा विनियम स्वीकृत गर्ने।

(छ) मानार्थ सदस्यता प्रदान गर्ने।

(ज) कार्यसमितिबाट संस्थाको हित अनुकूल भएका काम कारवाहीहरूको, औचित्य हेरी अनुमोदन गर्ने।

(झ) संस्थाको आफ्नै आन्तरिक स्रोतबाट व्यहोर्ने गरी कार्यसमितिले पेश गरेको कर्मचारीहरूको दरवन्दी, पारिश्रमिक, भत्ता तथा अन्य सुविधाहरूमा आवश्यकता र औचित्य हेरी स्वीकृति दिने।

१३. कार्यसमितिको गठनः

(१) साधारणसभाका सदस्यहरूबाट निर्वाचित देहाय बमोजिमका पदाधिकारीहरू भएको १७ सदस्यीय एक कार्यसमितिको गठन गरिनेछ ।

केन्द्रिय अध्यक्ष – १

उपाध्यक्ष - 4

महासचिव - १

सचिव

कोषाध्यक्ष

सह-कोषाध्यक्ष -

सदस्यहरु १६

(२) कार्यसमितिको कार्यकाल ३ वर्षको हुनेछ ।

(३) वार्षिक साधारण सभा हुनुभन्दा अगावै कार्यसमितिमा रहेको कुनै सदस्यको पद रिक्त हुन आएमा बाँकी अवधिका लागि कार्यसमितिले रिक्त सदस्यमा मनोनीत गर्न सक्नेछ। यसरी सो पदमा निर्वाचन भएको सदस्यको कार्यकाल जुन सदस्य पद रिक्त भएको हो, सो सदस्य बाँकी कार्यकालसम्मका लागि मात्र हुनेछ, तर अन्य पदहरूको हकमा भने विधान बमोजिम बाँकी अवधिका निमित्त निर्वाचन प्रक्रियाद्वारा पद पूर्ति गरिनेछ।

(४) कार्यसमितिको बैठक आवश्यकता अनुसार अध्यक्षले बोलाउनेछ। तर कार्यसमितिका पदाधिकारीहरूको जम्मा संख्याको ५१% ले बैठक बोलाउन माग गरेमा अध्यक्षले कार्यसमितिको बैठक तुरून्त बोलाउनु पर्नेछ।

(५) कार्यसमितिका पदाधिकारीहरूको कूल संख्याको ५१% पदाधिकारीहरू उपस्थित नभई कार्यसमितिको बैठक बस्ने छैन।

(६). कार्यसमितिको बैठकको अध्यक्षता अध्यक्षले गर्नेछ र निजको अनुपस्थितिमा उपाध्यक्षले र उपाध्यक्षको पनि अनुपस्थिति रहेमा बैठकमा उपस्थित भएका अन्य सदस्यहरूले छानेको वा जेष्ठ सदस्यले अध्यक्षता गर्नेछ।

(७) कार्यसमितिको बैठकमा बहुमतको निणर्य मान्य हुनेछ र मत बराबर भएमा अध्यक्षले निर्णायक मत दिन सक्नेछ।

(८) कार्यसमितिको बैठकमा छलफल भई निणर्य भएका विषयहरूको छुट्टै निणर्य कितावमा लेखी राखिनेछ र सो निणर्य बैठकको अध्यक्षता गर्ने व्यक्तिले प्रमाणित गर्नु पर्नेछ तर निणर्यमा असहमति जनाउनेहरूले कैफियत खोली सही गर्न सक्नेछन्।

(९) समाजले गर्ने भनेको सम्पूर्ण कार्य कार्यसमितिको निणर्यबाट हुनेछ।

(१०) माथिका दफाहरूमा जुनसुकै कुरा लेखिएको भएता पनि कार्यसमितिले गर्न पाउने कुनै कार्यका सम्बन्धमा कार्यसमितिका सबै पदाधिकारीहरू लिखितरूपमा सहमत भएमा त्यस्तो सहमतिलाई निणर्य पुस्तिकामा संलग्न गरी त्यस्तो काम बैठक विना पनि गर्न सकिनेछ। उपरोक्त बमोजिमको सहमतिलाई कार्यसमितिको बैठकको निणर्य सरह मानिनेछ।

१४. कार्यसमितिको काम, कर्तव्य अधिकारः

कार्यसमितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः

(१) संस्थाको आगामी वर्षको कार्यक्रम तथा अनुमानित बजेट बनाई साधारण सभामा प्रस्तुत गर्ने।

(२) विधान बमोजिमको व्यवस्था पालना गरी साधारण सभाका निणर्यको कार्यान्वयन गर्ने गराउने।

(३) समाजको हित हुने कार्यक्रमहरू संचालन गर्ने।

(४) साधारण सभाप्रति उत्तरदायी रहने।

(५) संस्थाको उद्देश्य प्राप्तिका लागि उपलब्ध साधन र स्रोतको अधिकतम उपभोग र प्रयोग गर्ने।

(६) संस्थाको कार्य सम्पादन गर्न कार्ययोजना बनाउने, स्रोत जुटाउने, कार्यान्वयन, सुपरिवेक्षण र अनुगमन गर्ने।

(७) संस्थाको कोष र सम्पत्ति सुरक्षित तरिकाले राख्न लगाउने र बैंक खाता संचालन गर्ने।

(८) समाजका कर्मचारीहरूको सेवा, शर्त र सुविधा आदि सम्बन्धी कर्मचारी नियमावली बनाई साधारण सभाबाट स्वीकृत गराई लागू गर्ने।

(९) समाजको उद्देश्य परिपूर्तिका लागि आफ्नो कार्य अवधिमा उपयुक्त व्यक्तिहरूको सल्लाहकार समिति, अन्य समिति, उपसमिति गठन गर्ने र आवश्यकता अनुरुप कार्यको बाँडफाँड गरी दिने।

(१०) समाजको नेतृत्वदायी भूमिका निर्वाह गर्ने।

(११) कार्यसमितिका पदाधिकारीहरुले विशेष परिस्थितिमा आफ्नो अधिकार पुरै वा आंशिक रुपमा अन्य पदाधिकारी, सदस्यहरुमा प्रत्यायोजन गर्न सक्नेछन्।

१५. पद त्याग गर्न सक्नेः

अध्यक्षले उपाध्यक्ष मार्फत कार्यसमिति समक्ष र उपाध्यक्ष तथा अन्य पदाधिकारीहरूले अध्यक्ष समक्ष राजिनामा दिई पद त्याग गर्न सक्नेछन्।

१६. अन्य समितिहरुः

(१) यस विधानको परिधिभित्र रहेर समूहको कार्य संचालनका लागि कर्यसमितिले आवश्यकता अनुसार अन्य समिति वा उपसमितिहरू गठन गर्न सक्नेछ। तर साधारण सभाको बैठकद्वारा अनुमोदन गराउनु पर्नेछ।

(२) उपसमितिको कार्यहरु कार्यसमितिले तोकिदिए बमोजिम हुनेछ।

परिच्छेद - ५

पदाधिकारीहरूको काम, कर्तव्य र अधिकारः

१७. पदाधिकारीहरुको काम कर्तव्य र अधिकारः कार्यसमितिका पदाधिकारीहरुको काम कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः

(१) अध्यक्षको काम, कर्तव्य र अधिकारः

(क) महाधिवेवन, वार्षिक साधारणसभा तथा कार्यसमितिको बैठकको अध्यक्षता गर्ने।

(ख) बैठकमा मत बराबर भएमा निर्णायक मत दिने।

(ग) महाधिवेसन, साधारणसभा र कार्यसमितिको निणर्य प्रमाणित गर्ने र निणर्यको कार्यान्वयनसँग सम्बन्धित विषयहरुको सुपरिवेक्षण र समन्वय गर्ने।

(घ) समाजका पदाधिकारी, सदस्यहरु एवं वैतनिक कर्मचारीहरुलाई आवश्यक विषयमा निर्देशन दिने।

(ङ) अध्यक्षले आवश्यकतानुसार उपाध्यक्षको कार्य विभाजन गर्नेछन् र

(च) तोकिएको बमोजिमका अन्य कार्यहरु गर्ने।

(२) उपाध्यक्षको काम कर्तव्य र अधिकारः

(क) अध्यक्षको अनुपस्थितिमा अध्यक्षले तोके बमोजिमका सबै काम गर्ने।

(ख) कार्यसमिति वा अध्यक्षले तोकिदिएका अन्य कामहरु गर्ने।

(३) महासचिवको काम कर्तव्य र अधिकारः

(क) अध्यक्षसँग परामर्श गरी महाधिवेसन, वार्षिक साधारणसभा र कार्यसमितिको बैठक बोलाउने।

(ख) समाजको दैनिक प्रशासनिक कार्य व्यवस्था गर्ने।

(ग) समाजसँग सम्बन्धित कागजातहरु, पुस्तिका, निणर्य खाता लगायतका कागजातहरु सुरक्षित राख्ने, राख्न लगाउने।

(घ) समाजको तर्फबाट गर्नुपर्ने पत्राचार गर्ने।

(ङ) तोकिए बमोजिम अन्य कार्य गर्ने।

(४) कोषाध्यक्षको काम, कर्तव्य र अधिकारः

(क) समाजको कोष बृद्धि गर्ने।

(ख) समाजको चल अचल सम्पत्ति तथा हरहिसावको रेकर्ड दुरुस्त राख्ने, राख्न लगाउने।

(ग) महाधिवेसनमा अर्थ सम्बन्धी, वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, आगामी वर्षको लागि बजेट विवरण पेश गर्ने।

(घ) तोकिए बमोजिमको अन्य कार्य गर्ने ।

(५) सचिवको काम, कर्तव्य अधिकारः

(क) समाजको कार्यालय व्यवस्थापन एवं जनसम्पर्क बढाउने।

(ख) महासचिवको अनुपस्थितिमा निजले गर्नु पर्ने सम्पूर्ण कार्यका साथै तोकिएका अन्य कार्यहरु गर्ने ।

(६) सल्लाहकार समितिः

१. केन्द्रिय कार्यसमिति वा शाखा कार्यसमितिलाई महत्वपूर्ण कार्ययोजनाहरुमा सल्लाह दिन कम्तीमा ५ जनासम्मको सल्लाहकार समिति कार्यसमितिले गठन गर्न सक्नेछ। विशेष प्रयोजनका लागि प्राविधिक र विशेषज्ञहरुलाई समेत सल्लाहकार समितिमा कार्यसमितिले नै मनोनयन गर्न सक्नेछ।

(७) क्षेत्रीय समन्वय समितिः

१. केन्द्रिय कार्यसमितिले आवश्यक संझेमा क्षेत्रमा क्षेत्रीय समन्वय समिति गठन गर्न सक्नेछ । गठनविधि, काम, कर्तव्य र अधिकार केन्द्रिय कार्यसमितिले तोके बमोजिम हुनेछ ।

१८. गणपूरक संख्याः

(१) कुल सदस्य संख्याको ५१% (एकाउन्न) प्रतिशत साधारण सदस्यहरूको उपस्थित नभई साधारण सभाको काम कारवाही हुने छैन।

(२) तर विधानको दफा ११ को (५) मा उल्लेख भए बमोजिम पुनः बोलाइएको साधारण सभामा कूल सदस्य संख्याको १५% उपस्थित भएमा सभा गर्न बाधा पर्ने छैन।

परिच्छेद - ६

आर्थिक व्यवस्था

१९. समाजको कोषः

(१) समाजको आफ्नो एउटा छुट्टै कोष हुनेछ र सो कोषमा देहाय बमोजिमका रकमहरू जम्मा हुनेछन्ः-

(क) सदस्यता शुल्क र सदस्यता नवीकरण शुल्क।

(ख) सहयोग रकम।

(ग) विभिन्न क्रियाकलापबाट प्राप्त हुने र उपार्जन गरिएको रकम।

(घ) विभिन्न व्यक्ति वा नेपाल सरकारको स्वीकृत लिएर राष्ट्रिय दातृसंस्थाबाट प्राप्त हुने चल अचल सम्पत्ति।

(ङ) अन्य श्रोतबाट प्राप्त नगद जिन्सी।

२०. खाता संचालनः समाजको खाता कुनै पनि बैंकमा खोलिनेछ र समाजका अध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षबाट कुनै दुई जनाको दस्तखतबाट खाता संचालन हुनेछ। तर कोषाध्यक्ष तथा महासचिव दुई वा कुनै एकले अनिवार्य रुपले दस्तखत गर्नु पर्नेछ।

२१. कोषको रकम खर्च गर्ने तरिकाः समाजको कोषमा जम्मा भएको रकम खर्च गर्दा देहाय बमोजिम तरिका अपनाई खर्च गरिनेछः

(क) समाजको वार्षिक कार्यक्रम तथा बजेट स्वीकृत नगरी कोषबाट खर्च गर्न सकिने छैन।

(ख) साधारणसभाबाट पारित बजेट र कार्यक्रमको अधिनमा रही कोषबाट रकम खर्च गर्नसकिनेछ।

(ग) कोषबाट खर्च भएको रकमको आर्थिक प्रतिवेदन साधारणसभामा अनिवार्यरूपले पेश गर्नु पर्नेछ।

(घ) कोषको रकम खर्च गर्दा तोकिए बमोजिम खर्च गर्नु पर्नेछ।

२२. संस्थाको लेखा र लेखापरीक्षणः

(१) समाज (संस्था) को आय-व्ययको लेखा प्रचलित कानूनबमोजिम स्पष्ट तवरले राखिनेछ।

(२) समाज (संस्था) को लेखापरीक्षण प्रचलित कानूनबमोजिम रजिष्टर्ड लेखापरीक्षकबाट हुनेछ।

(३) नेपाल सरकार वा स्थानीय अधिकारीले चाहेमा जुनसुकै बखतमा पनि आफै वा मातहतका कर्मचारीहरू खटाई समाज (संस्था) को हिसाव किताव जाँच गर्न गराउन सक्नेछ।

(४) लेखापरीक्षकको नियुक्ति साधारण सभाबाट हुनेछ। तर प्रथम वार्षिक साधारण सभा नभएसम्म लेखापरीक्षकको नियुक्ति कार्यसमितिबाट हुनेछ।

(५) संस्थाको लेखारीक्षण प्रतिवेदन र वार्षिक कार्य प्रगति विवरणको १/१ प्रति स्थानीय अधिकारी, जि.वि.स., समाज कल्याण परिषद् र सम्बन्धित निकायमा पेश गरिनेछ।

परिच्छेद - ७

निर्वाचन, अविश्वासको प्रस्ताव र विधान संशोधन सम्बन्धी व्यवस्था

२३. निर्वाचन सम्बन्धी व्यवस्थाः

(१) कार्यसमितिको निर्वाचन प्रयोजनको लागि बढीमा ३ जनाको एक निर्वाचन समिति कार्यसमितिको सिफारिसमा साधारण सभाबाट गठन गरिनेछ।

(२) निर्वाचन समितिले यस विधानको परिधिभित्र रहेर आफ्नो कार्यविधि आफै बनाउन सक्नेछ।

(३) निर्वाचन सम्बन्धी विवाद उत्पन्न भएमा निर्वाचन समितिले गरेको निणर्य नै अन्तिम हुनेछ।

(४) निर्वाचन सम्पन्न भएको भोलिपल्ट निर्वाचन समितिको स्वतः विघटन हुनेछ।

२४. उम्मेदवार हुने योग्यताः कार्यसमितिको उम्मेदवार हुन देहायबमोजिमको योग्यता पुगेको हुनुपर्नेछ।

(क) विधानको दफा १० अनुसार शुल्क तिरी सोही दफाको उपदफा (१), (२) र (३) बमोजिम सदस्यता प्राप्त गरी नवीकरण गरेको हुनु पर्ने।

(ख) विधानको दफा ७ अनुसार योग्यता पुगेको हुनु पर्ने।

२५. अविश्वासको प्रस्तावः

(१) पूरै कार्यसमिति वा समाजको कुनै पदाधिकारी वा सदस्य उपर समाजका ३३ प्रतिशत सदस्यहरुले अविश्वास प्रस्ताव पेश गर्न सक्नेछन् । पेश भएको अविश्वास प्रस्तावलाई कार्यसमितिले वा महासचिवले महाधिवेसन बोलाउनु पर्नेछ र उक्त प्रस्ताव महाधिवेसनमा निणर्यार्थ पेश गरिनेछ। उक्त प्रस्तावमाथि महाधिवेसनमा उपस्थित सम्पूणर् सदस्य संख्याको दुईतिहाई मत प्राप्त भएमा पारित भएको मानिनेछ।

(२) अविश्वासको आरोप लागेका सदस्यहरुलाई सफाइको मौका दिइनेछ।

(३) अध्यक्ष विरुद्ध अविश्वासको प्रताव आएमा सहअध्यक्षले बैठकको अध्यक्ष्ता गर्नेछ।

(४) साधारण सभा सदस्यहरूमध्येबाट कम्तीमा १/४ (एक चौथाइ) सदस्यहरूको प्रष्ट नाम थर र ठेगाना सहित खुलाई सही भएको हुनुपर्छ।

(५) उपदफा (१) बमोजिम समाजमा दर्ता भएको अविश्वासको प्रस्तावको स्पष्ट विषय खुलाई साधारणसभा वा विशेष साधारणसभा बस्ने स्थान, मिति, समय समेत तोकी संस्थाको साधारण सभाको सम्पूर्ण पदाधिकारी र सदस्यहरूलाई विधानको दफा ११ (४) बमोजिम साधारणसभा वा विशेष साधारणसभा बस्ने सूचना दिइनेछ ।

(३) अविश्वासको प्रस्ताव माथि छलफलको प्रक्रियाः

(क) साधारणसभामा अध्यक्षता गर्ने व्यक्तिले साधारण सभामा उपदफा १ बमोजिमको प्रस्ताव पेश गर्न अनुमति दिनेछ र प्रस्ताव पेश गर्ने सदस्यहरूमध्ये १ जनाले अविश्वासको प्रस्ताव ल्याउनु पर्ने कारणसहितको आफ्नो अभिमत सभा समक्ष प्रस्तुत गर्नेछ ।

(ख) उपदफा ३ (क) बमोजिम अविश्वासको प्रस्ताव, पक्षका सदस्यले आप्mनो अभिमत प्रस्तुत गरेपछि सो प्रस्ताव उपर मत प्रकट गर्न चाहने बढीमा अन्य तीनजना सदस्यहरूलाई अध्यक्षले अभिमत प्रकट गर्न अनुमति दिन सक्नेछ ।

(ग) उपदफा (१) बमोजिम अविश्वासको प्रस्ताव जुन पदाधिकारीहरू विरूद्ध प्रस्तुत गरिएको हो, अध्यक्षता गर्ने व्यक्तिले ती पदाधिकारीहरूलाई आफ्नो सफाइ पेश गर्ने मौकाको लागि आफ्नो भनाईहरू राख्न अनुमति दिइनेछ ।

(४) अविश्वासको प्रस्ताव माथि निणर्यः

(१) अविश्वासको प्रस्ताव उपर आफ्नो भनाई प्रस्तुत गर्ने क्रम समाप्त भएपछि अध्यक्षता गर्ने व्यक्तिले सो अविश्वासको प्रस्तावको बहुमत पक्ष वा विपक्षमा छ भन्ने निणर्यको लागि देहाय बमोजिमको कुनै एक तरिका अपनाई अविश्वासको प्रस्तावको निणर्यको घोषणा गर्नेछ ।

(क) अविश्वासको प्रस्तावको पक्षमा मत प्रकट गर्ने एक समूहमा र विपक्षीमा मत प्रकट गर्ने अर्को समूहमा छुट्याएर वा

(ख) साधारणसभाका सदस्यहरूलाई अविश्वासको प्रस्तावको पक्ष र विपक्षमा गोप्य मतदान गराएर।

(ग) साधारणसभाको कूल सदस्य संख्याको २/३ (दुई तिहाई) बहुमतले अविश्वासको प्रस्ताव पारित हुनेछ। त्यस्तो प्रस्ताव पारित भएमा प्रस्तावित पक्षका व्यक्तिहरू पद मुक्त हुनेछन्।

(घ) निर्वाचित भएको ६ महिना नपुगी वा प्रस्ताव विफल भएको ६ महिना नपुगी त्यस्तो व्यक्ति उपर पुनः अविश्वासको प्रस्ताव ल्याउन पाइने छैन ।

परिच्छेद - ८

विविध

२३. अविश्वासको प्रस्तावः

(१) पूरै कार्यसमिति वा समाजको कुनै पदाधिकारी वा सदस्य उपर समाजका ३३ प्रतिशत सदस्यहरुले अविश्वास प्रस्ताव पेश गर्न सक्नेछन्। पेश भएको अविश्वास प्रस्तावलाई कार्यसमितिले वा महासचिवले महाधिवेसन बोलाउनु पर्नेछ र उक्त प्रस्ताव महाधिवेसनमा निणयार्थ पेश गरिनेछ। उक्त प्रस्तावमाथि महाधिवेसनमा उपस्थित सम्पूणर् सदस्य संख्याको दुईतिहाइ मत प्राप्त भएमा पारित भएको मानिनेछ।

(२) अविश्वासको आरोप लागेका सदस्यहरुलाई सफाइको मौका दिइनेछ।

(३) अध्यक्ष विरुद्ध अविश्वासको प्रस्ताव आएमा सहअध्यक्षले बैठकको अध्यक्षता गर्नेछ।

२४. रिक्त स्थानको पूर्तिः

कार्यसमितिका पदाधिकारी वा सदस्यहरुको स्थान रिक्त हुन आएमा समाजका सदस्यहरुमध्येबाट बाँकी अवधिका लागि कार्यसमितिले मनोनयनद्वारा पूर्ति गर्नेछ ।

२७. राजिनामाः

अध्यक्षको राजिनामा कार्यसमितिले र अन्य पदाधिकारीहरुको राजिनामा अध्यक्षले स्वीकृत गर्नेछन् ।

२८. निलम्वन र निष्कासनः

(क) यो विधान वा यस अन्तर्गत बनेको विनियम विपरीत आचारण गर्ने सदस्य वा पदाधिकारीहरुलाई अध्यक्षले निलम्वन गरी निष्कासनका लागि कार्यसमिति समक्ष प्रस्तुत गर्नेछ र त्यस उपर महाधिवेसनको निणर्य अन्तिम हुनेछ।

(ख) अध्यक्षको हकमा कार्यसमितिले निलम्वन गरी निष्कासनको निमित्त महाधिवेसन समक्ष प्रस्तुत गरिनेछ।

२९. विधान संशोधनः

कूल सदस्य संख्याको २/३ (दुई तिहाई) साधारण सभा सदस्यहरूले अनुमोदन गरे पश्चात मात्र समूहको कुनै दफा संशोधन वा खारेजको लागि स्थानीय अधिकारी समक्ष सिफारिस गरी पठाउनपर्नेछ। स्थानीय अधिकारीबाट स्वीकृत भए पश्चात मात्र संस्थाको कुनै दफा संशोधन वा खारेज भएको मानिनेछ।

३०. नियम/विनियम बनाउन सक्नेः

(१) समाजले आफ्नो कार्य सम्पादन गर्ने सन्दर्भमा आवश्यक नियम बनाउन सक्नेछ र सो नियम साधारणसभाबाट पारित गराई लागू हुनेछ र स्थानीय अधिकारीलाई सोको जानकारी दिनु पर्नेछ ।

(२) यो विधान र विधान अन्तर्गत बनेको नियमको अधिनमा रही संस्थाको कार्य संचालन र उद्देश्य कार्यान्वयनका लागि कार्यसमितिले कर्मचारी व्यवस्था र आर्थिक प्रशासन सम्बन्धी विनियम बनाई लागू गर्न सक्नेछ। त्यस्तो विनियमहरू साधारण सभाबाट अनुमोदन गराउनु पर्नेछ।

३१. कर्मचारी व्यवस्थाः

(क) समाज (संस्था) को दैनिक कार्य संचालन र योजना तथा कार्यक्रम संचालनको लागि कर्मचारी दरवन्दी सिर्जना, पारिश्रमिक, भत्ता तथा अन्य सुविधा र कर्मचारीको सेवा शर्तहरू अपनाउनु पर्ने कार्यविधि तोकिए बमोजिम हुनेछ।

(ख) समाज (संस्था) ले विदेशी सहयोग प्राप्त गरी समूहको संचालन गर्ने कार्यान्वयन विदेशी सल्लाहकार वा स्वयंसेवक राख्ने अवस्था भएमा निजले काम गर्ने अवधि पुर्‍याउने सेवा, कामको औचित्य, सुविधा र तिनको योग्यता समेतको विवरण स्थानीय अधिकारी, जिल्ला विकास समिति र समाज कल्याण परिषद्मा समेत जानकारी गराइनेछ।

३२. संस्थाको खारेजीः

(१) साधारणसभाले आवश्यक देखेमा विशेष प्रस्ताव गरी संस्था खारेजी गर्नसक्नेछ।

(२) उपदफा (१) बमोजिम संस्थाको खारेजीको प्रस्ताव पारित गर्दा साधारणसभाले खारेजीको कामका लागि एक वा एकभन्दा बढी लिक्विडेटरहरू र समूहको हिसावकिताव गर्नाको लागि एक वा एकभन्दा बढी लेखापरीक्षकहरू नियुक्त गर्न सक्नेछन्।

(३) उपदफा (२) बमोजिम नियुक्त लिक्विडेटर र लेखापरीक्षकहरूको पारिश्रमिक साधारणसभाले तोकिदिए बमोजिम हुनेछ।

(४) यसरी कारणबस संस्था विघटन भई खारेज भएमा संस्थाको दायित्वको फरफारक गरी बाँकी रहने सम्पूर्ण जायजेथा नेपाल सरकारको हुनेछ।

३०. व्याख्याः

यो विधान र विधान अन्तर्गत बनेको नियम विनियमको व्याख्या गर्ने अधिकार कार्यसमितिलाई हुनेछ।

३१. गोप्यता भंग गर्न नहुनेः

यस समाजको कुनै पनि पदाधिकारी वा सदस्यले संस्थाको अहित हुने कार्य गर्नु हुँदैन । कार्यसमितिका पदाधिकारी वा साधारणसभाका सदस्यहरूले बैठक वा साधारण सभामा असभ्य र अश्लिल शब्दको प्रयोग गर्न पाइने छैन ।

३२. ऐन अनुसार हुनेः

यस विधानमा उल्लेख नभएका कुराहरू कानूनबमोजिम हुनेछ र संस्था दर्ता ऐन, नियम र प्रचलित कानूनसँग बाझिन गएमा बाझिएको हदसम्म स्वतः निष्कृय हुनेछ ।

३३. निर्देशनको पालनाः

नेपाल सरकार वा स्थानीय अधिकारीले समयसमयमा दिएको निर्देशनको पालना गर्नु संस्थाको कर्तव्य हुनेछ ।

३४. तदर्थ समितिः

(१) यो संस्था स्थापना गरी दर्ता गराउनको लागि गठित तदर्थ समितिले ६ महिनाभित्र साधारण सभा बोलाई विधानअनुसारको निर्वाचन समितिको गठन गरी नयाँ कार्यसमितको निर्वाचन गराउनेछ र सोको जानकारी स्थानीय अधिकारीलाई दिइनेछ ।

(२) प्रथमपटक निर्वाचन सम्पन्न नभएसम्मको अवस्थामा कार्यसमितिले गरेका काम कारवाहीहरू यसै विधान सरह भएको मानिनेछ ।

३४. सपथः

(१) आफ्नो कार्यभार सम्हाल्नु अघि अध्यक्षले निर्वाचन समितिको संयोजक समक्ष र अन्य पदाधिकारी तथा सदस्यले अध्यक्ष समक्ष अनुसूची-२ मा तोकिए बमोजिम सपथ ग्रहण गर्नु पर्नेछ।

३५ वचाउः

(१) यस विधानमा लेखिएका कुराहरु यसै विधान बमोजिम र सो बाहेकका कुराहरुमा समाजको कार्यसमितिको निणर्य बमोजिम हुनेछ।

(२) यस विधान बमोजिम हुनुपर्ने महाधिवेसन विशेष परिस्थिति हुन नसेकेमा वा तोकिएको समयमा निर्वाचन हुन संभव नभएमा तत्काल कायम रहेको कार्यसमितिले महाधिवेसन र कार्यसमितिले दुवैको अधिकार प्राप्त गर्न सक्नेछ । तर यो व्यवस्था बढीमा एक वर्षका लागि मात्र मान्य हुनेछ ।

३५. यस सिटौला समाज नेपालका निम्न संस्थापकहरू यस विधान बमोजिम कार्य गर्न मञ्जुर भई निम्न साक्षीको रोहवरमा विधानमा सहीछाप गर्दछौं ।

अनुसूची १

संस्थाको छाप र चिन्हको विवरण

संस्थाको छाप र चिन्हको विवरण आकार, प्रकार एवं अन्य विवरणहरूको सम्बन्धमा उल्लेख गर्ने ।

अनुसूची २

(धारा १९क सँग सम्बन्धित)

शपथ

सिटौला समाजको विधान, २०६७ प्रति निष्ठावन् रही आफूले ग्रहण गरेको ............ पदको जिम्मेवारी र कर्तव्यपालन कसैको डर, मोलाहिजा, पक्षपात, द्वेष वा लोभमा नपरी इमान्दारीसाथ विवेकपूर्वक गर्नेछु भनी म .................. ईश्वरलाई साक्षी राखी/सत्यनिष्ठापूर्वक शपथ लिन्छु ।

मितिः हस्ताक्षर