अनलाइन वंशावली समुद्घाटनको सूचना

सबै सिटौला दाजुभाइ दिदीबहिनी तथा ज्वाईंचेला एवं भान्जाभान्जीहरुको लामो पर्खाईपछि यही २०७९ साल चैत्र ४ गते शनिबार, सुकेधारा, काठमाण्डौ स्थित बागमती बोर्डिङ्ग स्कूलको सभाहलमा सम्पन्न हुन गईरहेको सिटौला सेवा समाज नेपालको छैटौं अधिवेशन साथै एघारौं वार्षिक साधारण सभामा सिटौला बन्धुहरुको अनलाइन वंशावली आधिकारिक रुपमा समुद्घाटन हुन गैरहेको खुसीको खबर यहाँहरु माझ राख्न पाउदा हामी अत्यन्तै हर्षित छौं ।
सिटौला वंशका विशिष्ठ व्यक्तित्वहरुको उपस्थितिमा समुद्घाटन हुन गैरहेको उक्त कार्यकममा सिटौला सेवा समाज नेपालका सम्पूर्ण सल्लाहकारज्यूहरु, पदाधिकारी एवं केन्द्रिय सदस्यज्यूहरु, सबै आजीवन सदस्यज्यूहरु, शाखा कार्यलयका पदाधिकारी तथा सदस्यज्यूहरु, सम्पूर्ण सिटौला बन्धुहरु, सिटौला वंशका आदरणीय चेलीबेटी एवं ज्वाईंचेलाज्यूहरु साथै भान्जाभान्जीहरु सबैलाई यसै सूचना मार्फत कार्यक्रममा उपस्थित हुन हार्दिक निमन्त्रणा गर्दछौं। अत्यन्तै सहहृदयका साथ उक्त कार्यक्रममा सहभागी भई हामीलाई हौसला प्रदान गरी नयाँ कार्यसमिति चयन गर्न यहाँहरुको महत्त्वपूर्ण भूमिका हुनेछ भन्ने हामीले आशा एवं विश्वास लिएका छौं।
सिटौला सेवा समाज नेपाल एवं वंशावली निर्माण उप समिति, काठमाण्डौं
Like
Comment
Share