सबै सिटौला बन्धुहरुको जानकारीको लागि सूचित गरिन्छः

सिटौला वंशको अनलाइन वंशावलीमा यहाँलाई स्वागत गर्दछौं ।

हाल सिटौला वंशको अनलाइन वंशावली परिक्षणको रुपमा सञ्‍चालन भइरहेको कुरा यहाँहरुलाई जानकारी गराउन पाउँदा हामी अत्यन्तै हर्षित छौं। सिटौला सेवा समाज नेपालले सिटौला वंशको दोस्रो संस्करण, २०७० सालमा प्रकाशित वंशावलीलाई अनलाइन वंशावलीको रुपमा प्रविष्‍ट (Upload) गरिसकिएको छ। अब हामी उक्त वंशावलीमा भएका सामान्य त्रुटीहरु सच्याउने र थप सदस्यहरुको नामावली अध्यावधिक (Update) गरिरहेका छौं। वंशावली अध्यावधिक गरी यहाँहरुको हात-हातमा पुर्‍याउने हाम्रो लक्ष्य र उद्धेश्य पूरा गर्न यहाँहरुको अहम भूमिका रहनेछ। हामी तपाईहरुसम्म पुग्‍न फेसबुक तथा म्यासेन्जलाई भरपर्दो र विश्वसनीय माध्यम बनाएका छौं। वंशावली सम्बन्धी पारिवारिक विषयहरु सार्वजनिक गर्न उचित नहुने भएकोले त्यस्ता विषयहरु म्यासेन्जर मार्फत गर्न गराउन हार्दिक अनुरोध गर्दछौं। अनलाइन वंशावली सम्बन्धी कार्य सम्पन्न गर्न तपाई हामी सबैको महत्त्वपूर्ण भूमिका एवं सामुहिक उपलब्धी हुनेछ।

सर्वप्रथम तपाइले यस अनलाइन वंशावलीमा आफ्नो member ID पत्ता लगाउनु पर्नेछ।त्यसको लागि sitaula.bansha.org मा गएर Genealogy भित्र List View मा गएर आफ्नो member ID पत्ता लगाउन सक्नु हुनेछ। यसरी नाम खोज्दा नेपाली युनिकोडमा मात्रै खोज्न मिल्छ अंग्रेजीमा हामीले नामावली प्रविष्ट गरेका छैनौं । यसरी नाम खोज्दा आफ्नो नाम फेला परेन भने तपाइले हामीलाई तपाइको बुबा र आमाको नाम, आमाको माइती पट्टीको थर र हजुरबुबा हजुर आमाको नाम यसै म्यासेन्जरमा पठाउनु पर्नेछ। त्यसपछि हामी तपाइको वंशवृक्षको हाँगा तपाइलाई यसै म्यासेन्जरमा पठाईदिने छौं । उक्त वंशवृक्ष तपाईको हो भन्ने निश्चित भएमा तपाइले हामालाई यही म्यासेन्जरमा तपाइको मोवाइ नम्बर पठाउनु पर्नेछ। हामीले तपाइको मोवाइलको SMS मा तपाईको Login ID & Password पठाइ दिनेछौं । यसबाट तपाइले आफ्नो परिवारको सबै अध्यावधिक (Update) गर्न र नयाँ सदस्यको नामावली सिटौला वंशावलीमा थप गर्न समेत सक्नु हुनेछ। धन्यवाद !!!

सिटौला सेवा समाज नेपाल

वंशावली परिवार