सिटौला वंशावलीको द्वितीय संस्करणमा श्री मुकुन्द सिटौलाज्यूले राख्‍नुभएको मन्तव्य

शुभकामना

वंशावली निर्माणमा शारीरिक, मानसिक शक्ति खियाउँदै पुस्ता पुस्ताहरुलाई सोध्दै बुझ्दै वंशहरुको नाम संकलन गर्दै पूर्व मेची देखि पश्चिम महाकाली, उत्तर देखि दक्षिणसम्म कठिन यात्रा गर्नुहुने स्व. मास्टर तुलसी प्रसाद सिटौलाज्यूलाई हार्दिक श्रद्धाञ्‍जली अर्पण गर्दछु। यस पुनित कार्यमा वहाँलाई ऊर्जा प्रदान गरी वंशावलीको प्रारुप तयार गर्न प्रेरणा दिनुहुने अग्रजहरुमा कृतज्ञता ज्ञापन गर्दछु। वंशावलीको निर्माण कार्यमा विशेष गरी पश्चिम १ नम्बर, नुवाकोट, मूलथलो चुहाण्डाँडामा बसोबास गर्नुभएका दाजुभाइहरुबाट भन्दा थलो छोडी गएका दाजुभाइहरुबाट भएको योगदान प्रति पुनः हृदयदेखि नै कृतज्ञता ज्ञापन गर्दछु। विक्रम संम्वत् २०७० साल बैशाख महिनाको आँगनमा उभिएर सिटौला समाजको पूर्व उपाध्यक्ष तथा वर्तमान सल्लाहकार म र मेरो परिवारको तर्फबाट नववर्ष तथा वंशावलीको द्वितीय संस्करणको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

अन्त्यमा सिटौला सेवा समाजले मूल्यमान्यता भित्र रहेर गैरसरकारी संस्थाको रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सामाजिक कार्यका लागि आदर्शमय पहिचान दिलाउन प्रयत्नशील रहोस् एवं सबैको मन मस्तिष्कमा रहन सकोस्।

जय नेपाल !

दिनाङ्कः २०७० साल बैशाख २२

मुकुन्दराज सिटौला

पश्चिम १ नम्बर, नुवाकोट

भद्रुटार, चुहाण्डाँडा

विश्व मानस चित्रमा मेची-महाकाली

सगरमाथाको चुचुरो हुदै पहाडको वक्षस्थल

चुरे पहाडको घुँडाटेकी फेरी तराई जानेको ताँती

त्यही ताँती ताँती भित्र रहेका आर्य संस्कृती

जोडिएको साख भित्र प्रकाशित हुनेछ वंशावली