सिटौला वंशावली द्वितीय संस्करणमा श्री कृष्णप्रसाद सिटौलाज्यूले राख्‍नुभएको मन्तव्य

शुभ-कामना

सिटौला सेवा समाजले सिटौला वंशावली अद्यावधिक गरी प्रकाशन गर्न लागेकोमा बन्धु महानुभावहरुमा हार्दिक धन्यवाद एवं आभार प्रकट गर्दछु। वंशावली पुस्तकबाट पुर्खाहरुको स्मरणका साथै देश विदेशमा रहेका सबै बन्धुहरुको बीचमा परिचय गराउन ठूलो मद्दत मिल्नेछ भन्ने विश्वास लिएको छु।

अन्त्यमा, सबै बन्धु बान्धवहरुको उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभ-कामना व्यक्त गर्दछु।

जय नेपाल !

दिनाङ्कः २०७० साल, बैशाख २९

कृष्णप्रसाद सिटौला

महामन्त्री

नेपाली कांग्रेस