वंशावलीको द्वितीय संस्करणमा श्री तुलसी प्रसाद सिटौलाज्यूले राख्नु भएको मन्तव्य

शुभ-कामना

सिटौला सेवा समाजले यस वर्ष सिटौला बन्धुहरुको वंशावली प्रकाशन गर्न लागेको अवसरमा हार्दिक प्रसन्नता प्रकट गर्दै यस ऐतिहासिक कार्यमा सहभागी हुनु हुने सम्पूर्ण बन्धु-बान्धव र अन्य महानुभावहरु प्रति हृदयदेखि नै साधुवाद दिन चाहन्छु। वंशावली एउटा गतिशील ग्रन्थ भएकोले पुस्तक आकारमा आएको यो प्रयासमा केही कमी-कम्जोरी रहन गएको भए त्यसलाई सुधार्दै आगामी दिनमा परिमार्जन हुने कुरामा म विश्वस्त छु। वंशावलीको प्रकाशन, वितरण र उपयोगबाट स्वदेश तथा विदेशमा छरिएर बसोबास गर्ने सिटौला बन्धु-बान्धव बीच चिनारी, सम्पर्क र समन्वय बढ्ने विश्वास लिदै सम्बन्धित सबैमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु।

नववर्ष २०७० सालको मंगलमय शुभकामना सहित सबैमा हार्दिक धन्यवाद व्यक्त गर्दछु !

तुलसी प्रसाद सिटौला

सचिव

भौतिक योजना तथा यातायात मन्त्रालय

सिंहदरबार, काठमाण्डौ

दिनांङ्कः २०७० साल बैशाख