वंशावली द्वितीय संस्करण पि. पि. सिटौलाज्यूको प्रकाशकीय मन्तव्य

प्रकाशकीय

हाम्रा पुज्य पिता स्व. पदमलाल सिटौलाले २०४८ सालमा सिटौला वंशावलीको प्रथम संस्करण निजी लागतमा प्रकाशन गर्नु भएकोमा, यो दोस्रो संस्करणको प्रकाशन पनि हामीले निजी लागतमा नै गरेका छौं। यस घडीमा हामी आफ्ना स्व. माता-पिता तथा समस्त पूर्वजमा हार्दिक श्रद्धाञ्‍जली अर्पण गर्दछौं।

वंशावली संकलन तथा अध्यावधिक गर्ने कठीन कार्यमा जुटी यस अवस्थामा ल्याउन आफ्नो निरन्तर परिश्रम र लगान राख्‍ने प्रथम संस्करणका संकलनकर्ता मास्टर तुलसीप्रसाद सिटौलाका सुपुत्र श्री टिकाप्रसाद सिटौला तथा सिटौला सेवा समाज नेपालका अध्यक्ष श्री जनार्दन सिटौला साथै प्रकाशनको दौडानमा संलग्न हुने सबैलाई हार्दिक धन्यवाद छ। मुद्रण सम्बन्धी त्रुटी भएमा क्षमायाचना गरिन्छ।

वंशावली वा Ancestral Pedigrees Of Descendent भन्‍नाले मानव शरीरमा भएका असंख्य cell को विभाजन बुझिन्छ। यसको अर्थ Division of gene by gene हो। मतलव Who do you think you are भन्ने हो। प्रत्येक Cell भित्र Nucleus रहन्छ, त्यस भित्रको झोललाई Deoxyribonucleic Acid (DNA) भनिन्छ। यसको प्रोटिन बनाउने भागलाई gene भनिन्छ। मानव शरीरमा असंख्य DNA हुन्छन्। एउटा DNA लाई तन्कायो भने यो ३ फिटसम्म लामो हुन्छ। यही DNA को compact form लाई Chromosome भनिन्छ। बाबु-आमामा २३,२३ जोडी Chromosome हुन्छन्। २२ जोडी एकैनाशको र एक जोडी फरक प्रकृतिको रहेको हुन्छ। आमा बाबुको X X Chromosome जुटे छोरी र X Y Chromosome जुटे छोरा पैदा हुन्छ। छालाको रङ्ग, आखाको रङ्ग, केशको रङ्ग, उचाई (Physical Traits) , काम गर्ने आनी बानी, व्यवहार ( Behavioral Traits) , मुटुको रोग, क्यान्सर, मानसिक रोग, (Bio-medical Traits) आदि एक सन्ततीबाट अर्कोमा प्रवाहित भईरहेका हुन्छन्। आजको २१ औं शाताब्दीमा Genetics Engineering को महत्त्व ज्यदै बढेर गएको छ। परम्परागत Drug base Therapy लाई Gene Therapy ले replace गर्न गईरहेको छ Cloning = Carbon Copy प्रारम्भ भईसकेको छ। Stem Cell Therapy, DNA Hybridization (भिन्न कोषलाई एक ठाऊँ मिलान गरी अर्कै पैदा गर्ने प्रकृया) धेरै अगाडि बढिसकेको छ। DNA Test बाट नै Origin of Ancestors पत्ता लगाउन सकिन्छ। अबका दिनमा आ-आफ्नो Gene Code लिएर सिधा औषधी पसल गएमा औषधी प्रयोग गर्न सकिन्छ। Bio Medical gerontology – Life extension science = Anti-aging medicine, Hormone Therapy , Nano Robotics पद्धति विकसित भईसकेको छ।

वैज्ञानिकहरुले साढे तीन लाख वर्ष पुरानो मानव अस्तिरपञ्‍जर (Fossil) अफ्रिकाको क्यामरुनमा पत्ता लगाएका हुन्। आधुनिक मानव (Homosapien) भने २ लाख वर्ष पुरानो पत्ता लगाएका छन्। यिनै पुर्खाहरु अफ्रिकाबाट = अस्ट्रेलिया = एसिया = युरोप हुदै (Nomadic Migration) संसार भरी झाँगिएका हुँन्। फरक-फरक झुण्ड र फरक-फरक भूगोल तथा वातावरणमा रहदै बस्तै आउँदा फरक-फरक रीतिरिवाज, कला, धर्म, संस्कृति र सभ्यता विकसित हुँदै आएको हो।

आजको प्रचलनमा वंशावलीलाई Family Tree वा विभिन्‍न Pedigrees Templates वा Chart मा प्रस्तुत गरिन्छ। निकट भविश्यमा यो प्रकाशित वंशावलीलाई पनि सिटौला सेवा समाजले Ancestry.com मा उतारोस् भन्ने शुभकामना छ।

प्रकाशक

पि.पि. (पुण्य प्र.) सिटौला

अध्यक्ष

धनपदमलाल सिटौला दीर्घ सेवा कोष, मोरङ्ग

२०७०