अध्यक्षको प्रतिवेदन

सिटौला सेवा समाज नेपालको छैटौं अधिवेशन तथा एघारौं वार्षिक साधारण सभामा प्रस्तुत

अध्यक्षको प्रतिवेदन

207९ साल, चैत्र ४ गते, शनिबार

यस साधारण सभाका प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यूहरु, अतिथिगण, भर्चुअल साथै फेसबुक माध्यमबाट प्रत्यक्ष प्रषारण मार्फत स्वदेश तथा विदेशमा रहेर यस कार्यक्रममा सहभागिता जनाउनु हुने बन्धुहरु, सभामा प्रत्यक्ष रुपमा उपस्थित मेरा मान्यजन तथा आदरणीय बन्धुहरु, कार्यसमितिका पदाधिकारी तथा सदस्य बन्धुहरु र उपस्थित सम्पूर्ण सदस्य महानुभावहरु,

सिटौला सेवा समाज नेपालको यो छैटौं अधिवेशन तथा एघारौं साधारण सभालाई सार्थकता दिन र समाजको गरिमा साथै वैभव कायम राख्‍न आफ्ना महत्त्वपूर्ण कार्यहरु छोडेर यस सभामा सहभागी भईदिनु भएकोमा यहाँहरु सबैलाई हार्दिक स्वागत एवं अभिवादन गर्दछु। उपस्थित सबैमा हार्दिक अभिवादन !

हाम्रो समाजका आदरणीय अग्रजहरुले समाज सेवाको क्षेत्रमा गौरवपूर्ण इतिहास कायम गरेको कुरा हामी सबैमा विधितैछ। उक्त समाज सेवाको नासो पुर्खाहरुले हामीलाई सुम्पिएको कुरालाई हामीले आत्मसाथ गरेर अघि बढेका छौं। यो समाजलाई एक सबल संगठित संस्थाको रुपमा अग्रगमनको बाटोमा हिडाउन संस्थाको स्थापना कालदेखि मेरो कार्यकालसम्म अमूल्य योगदान दिने पूर्व अध्यक्षज्यूहरु, सल्लाहकारज्यूहरु, कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु र सम्पूर्ण बन्धु-बान्धवहरुमा हार्दिक कृतज्ञताका व्यक्त गर्दछौं।

यहाँहरुले प्रदान गर्नु भएको ऐक्यवद्धता, हौसला, सहयोग, समर्थन र मार्गदर्शनलाई यस कार्यसमितिले प्रेरणाको रुपमा ग्रहण गरी संस्थाका कार्यहरुलाई अघि बढाउने प्रण गर्दै अभिछिन्न रुपमा प्रयास गरिआएको छ र आगामी दिनमा पनि यस अधिवेशनबाट निर्वाचित कार्यसमितिले यसलाई निरन्तरता दिनेछ भन्ने कुरामा म आशावादी छु। विधानमा उल्लेखित उद्धेश्य अनुरुप साधारण सभाले निर्देशन गरे बमोजिमका कार्यहरु स्रोत र साधनले भ्याएसम्म सम्पन्न गर्ने कोशिस गरिएको छ। सबैबाट अपेक्षाकृत, प्रभावकारी र संस्थालाई दूरगामी परिणाम दिने खालका केही कार्यहरुको सुरुवात गरिएकोमा वंशावलीलाई अनलाइन गर्ने कार्य सफलतापूर्वक सम्पन्न गरिएको छ। घर जग्गा व्यवस्थापन सम्वन्धी कार्य कार्यसमितिका सबै बैठकहरुमा छलफल एवं विचार विमर्श पश्चात कार्यान्वयन गर्ने निर्णय गरिएता पनि कोभिड तथा डेङ्ग्यूका कारण अपेक्षाकृत उपलब्धी हासिल गर्न नसकिएको कुरा उपस्थित आदरणीय बन्धुहरु माझ यो कार्यसमितिले स्वीकार गर्नै पर्दछ। यति हुदाहुदै पनि संस्थालाई कसरी बलियो जगमा स्थापित गराउन सकिन्छ भन्ने विषयमा अविचलित भई यो कार्यसमिति इमान्दार प्रयास गगिरहेको छ भनी यहाँहरुलाई विश्वास दिलाउन चाहन्छु।

यस गरिमामय सभामा उपस्थित महानुभावहरु !

यस समाजले पूर्ववत सञ्‍चालन गरिआएका कार्यक्रम तथा यो कार्यसमिति गठन पश्चात सुरुवात गरिएका कार्यक्रम तथा गतिविधिहरु निम्नानुसार बुँदागत रुपमा यस सभा समक्ष राख्‍ने अनुमति माग्दै सबैको ध्यानाकर्षण हुन बिनम्र अनुरोध गर्दछुः

(क) विगतका कार्यसमितिले गरिआएका सबै नीति तथा कार्यक्रमहरुलाई यो कार्यसमितिले आत्मसाथ गरी निरन्तरता दिई आएको छ र आगामी दिनमा नव निवर्मित कार्यसमितिले पनि निरन्तरता दिने छ भन्ने विश्वास लिएको छु।

(ख) समाजका कार्यव्यवस्था र आर्थिक गतिविधिलाई चुस्तदुरुस्त राख्न प्रविधि अनुकुल व्यवस्थित गर्न, कार्यव्यवस्थापन विनियमावली र आर्थिक व्यवस्थापन विनियमावली एवं निर्देशिका तयार गरी उक्त विनियमावलीलाई अनुमोदन गरी वैधानिकता दिई तत्काल लागू गर्न यस सम्मानित सभासँग अनुमती चाहन्छु

(ग) विधानमा केही सम्सोधन गर्नुपर्ने विषयहरु जुन गत दशौं वार्षिक साधारण सभाले समेत अनुमोदन गरिएता पनि प्राविधिक कारणले वैधानिकता दिन नसकिएका विषयहरुलाई पुनः अनुमोदन गरी वैधानिकता दिई संसोधन गर्न आवश्यक भएकोले अनुमोदनको लागि प्रस्ताव गर्दछु।

(घ) मृगौला रोगी, क्यान्सर पिडित, उच्चशिक्षा लागायत अन्य विभिन्‍न क्षेत्रमा समाजले यथासक्य सहयोग गर्दै आएको छ। सिमित स्रोत, साधन र वित्तीय अवस्थाको कारणले विगतदेखि नै सेवाको क्षेत्र खुम्चिएको कुरा हामी सबैमा विधितै छ। यस विषयमा आगामी दिनमा समाज सेवाको क्षेत्रलाई विस्तार र व्यवस्थित गर्न सुझावको लागि यस गरिमामय सभा समक्ष मार्ग निर्देशन होस भनी अनुरोध गर्दछु।

(ङ) अनलाइन वंशावली सम्वन्धी सफ्टवेर निर्माण गरी सफलता पूर्वक परिक्षण पश्चात लागू गरिएता पनि उक्त वंशावलीलाई पूर्णता दिन निरन्तर कार्य गरिरहनु पर्ने भएकोले कार्यसमितिबाट स्पष्‍ट रुपमा दायित्व र जिम्मेवारी तोकी उपसमिति गठन हुन आवश्यक देखिन्छ। यसका लागि आगामी कार्यसमितिले यसलाई गम्भिरता पूर्वक व्यवस्थित गर्नेछ भन्ने विश्वास लिएको छु।

उपस्थित महानुभावहरु,

संस्थालाई अग्रता प्रदान गर्न केवल व्यक्ति वा कार्यसमिति अग्रसर भएर मात्र हुँदैन, समाजका सबै सदस्यहरुको उत्साहजनक सहभागिता हुनुपर्छ। यसका लागि हरेक सदस्यको सहभागिता, सहयोग, सुझाव र सकारात्मक निर्देशन प्राप्‍त भयो भने संस्था बलियो र चीरस्थायी हुन्छ समाजलाई जिवन्त राख्‍न संस्थाको भविश्यको कार्यदिशा सु-निश्चित हुनुपर्दछ। यस समाजले पनि विगतदेखि नै केही महत्त्वपूर्ण कामहरुलाई प्राथमिकतामा राखी कार्ययोजना बनाउदै आएको छ। ती मध्ये केही कार्यहरु सम्पन्न भएको कुरा माथि नै उल्लेख गरिसकिएकोले यहाँ पुनरावृत्ति गरिरहन चाहन्न। यस समाजको आज चयन हुने कार्यसमितिले आगामी दिनमा के के कार्य गर्दा उपयुक्त होला भनी प्राथमिकता क्रमको आधारमा सभाको राय-सुझाव र आवश्यक निर्देशनको लागि देहायका विषयहरु छलफलको लागि पेश गरेको छु। साथै यसका अतिरिक्त अन्य विषय भए सो समेत समावेस गरी सक्रिय सहभागिता जनाई छफलमा भाग लिनुहुन यस गरिमामय सभालाई हार्दिक अनुरोध गर्दछु।

(क) हामीसँग अनलाइन वंशावली प्रयोगमा आईसकेको छ उक्त वंशावलीको सहयोग लिई देशविदेशमा रहेका सबै सिटौला बन्धुहरुको यथार्थ तथ्याङ्क सङ्कलन गर्न सकियो भने समाजले गर्ने सेवालाई अझ प्रभावकारी बनाउन सकिन्छ भन्ने लागेको छ,

(ख) गरिवी तथा विपन्‍न परिवारलाई लक्षित गरी, जेहन्दार तथा प्रतिभावान सन्तानलाई उच्च-शिक्षाको अवसर प्रदान गर्ने प्रयोजनको लागि अद्ययन अनुसन्धान गर्न आगामी कार्यसमितिले एउटा विशेष योजना तथा कार्यक्रम तयार गर्नुपर्छ भन्ने मलाई अनुभूति भएको छ,

(ग) यस कार्यसमितिले घर जग्गा व्यवस्थापनको लागि कार्य प्रारम्भ गरिसकेको अवस्था छ। यसमा मेरो तर्फबाट कबुल गरेको रकम रु. १5,00,000 (पन्द्र लाख रुपैयाँ) सिटौला सेवा समाज नेपालको कोषमा जम्मा गरिसकेको कुरा जानकारी गराउँदछु । घरजग्गा व्यवस्थापनको लागि रकम कबोल गर्नुभएका मेरो कार्यसमितिका पदाधिकारीहरु, सदस्यहरु, आदरणीय सल्लाहकारहरु र अन्य सिटौला बन्धुहरुलाई आफूले कबोल गरेको रकम सामाजको कोषमा यथासिघ्र जम्मा गरी आगामी कार्यसमितिलाई सहयोग गर्नुहुन अनुरोध गर्दछु।

(घ) घर जग्गा व्यवस्थापन सम्बन्धी कार्य सिटौला सेवा समाज नेपालको महत्त्वकाङ्क्षी कार्यक्रम भएकोले आगामी कार्यसमितिले यस कार्यक्रमलाई महत्त्वका साथ निरन्तरता दिनेछ भन्ने मैले आशा एवं विश्वस लिएको छु।

उपस्थित महानुभावहरु, म विषयको अन्त्यमा छु।

साङ्गठनिक गतिविधि, कार्यक्रम तथा वित्तीय विवरणको विस्तृत जानकारी महासचिव र कोषाध्यक्षको प्रतिवेदनमा समेटिने छ। यसलाई पुनरावृत्ति गरेर सभाको महत्त्वपूर्ण समय व्यतित गर्न चाहन्न।

पारिवारिक हितसँगै विकसित भएको हाम्रो समाज सेवाको यात्रा पारिवारमा मात्र सिमित नरही उक्त दायरालाई चिरेर सामाजिक सेवामा पुग्नुपर्छ भन्‍ने हाम्रो अन्तिम लक्ष्य हो। यसलाई प्रतिवद्धताका साथ ग्रहण गर्दै एक थुकी सुकी सय थुकी नदी भन्‍ने आहानलाई हामीले यथार्थमा उतार्न सक्नु पर्दछ। समाजको हितमा गरिने सबै कार्यहरुमा आगामी दिनमा मेरो पूर्ण सहयोग र समर्थन रहनेछ।

अन्त्यमा, संस्थाको अग्रगमनका लागि समर्पित आदरणीय अग्रजहरु, सल्लाहकारहरु, आजीवन तथा साधारण सदस्यहरु, मानार्थ सदस्यहरु एवं समस्त बन्धु-वान्धव, चेलीवेटी, भान्जाभान्जी, नातागोता, कुलकुटुम्ब, सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै यो सम्क्षिप्त प्रतिवेदन यही अन्त्य गर्ने अनुमती चाहन्छु।

Text Box: धन्यवाद

डा. सुरेन्द्र कुमार सिटौला

अध्यक्ष

सिटौला सेवा समाज नेपाल