सिटौला सेवा समाज नेपालको अनलाइन वंशावली विमोचन

सिटौला बन्धुहरुले लामो समयदेखि पर्खिएर बस्नु भएको सिटौला बन्धुहरुको अनलाइन वंशावली, मिति २०७९ साल चैत्र ४ गते, समाजको छैटौं अधिवेशन साथै एघारौं वार्षिक साधारण सभाको सुअवसरमा, मेदिबुङ्ग ताप्लेजुङ्ग स्थायी घर भई, हाल अष्ट्रेलिया (New South Wales) मा बसोबास गर्ने स्वर्गीय धर्म प्रसाद सिटौला (१०औं पिंडी) का नाति, श्री टंक प्रसाद सिटौलाज्यू (११औं पिंडी) का जेष्ठ सुपुत्र एवं बुहारी श्री भुवन सिटौला र आस्था सिटौलाको कोखबाट २०७९ फागुन २१ गते आइतबारका दिन सिटौला वंशमा पुत्रलाभ भएको छ। सिटौला सेवा समाज नेपाल वहाँहरुलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै तीन दिन अघि नामाकरण गरिएका श्री आवन सिटौला (१३औं पिंडी) को नाम सिटौला वंशावलीमा समावेश गरेर सभाका प्रमुख अतिथि श्री भक्ति प्रसाद सिटौलाज्यू, विशिष्ट अथिति वंशावली प्रथम संस्करणका संयोजक, श्री एल. पि. सिटौलाज्यू र समाजका वर्तमान अध्यक्ष श्री डा. सुरेन्द्र कुमार सिटौलाज्यूबाट संयुक्त रुपमा, अनलाइन वंशावलीको विमोचन गरिएको छ। यो सुखद् खबर यहाँहरु समक्ष बाँड्न पाउदा हामी अत्यन्तै हर्षित भएका छौं।

डिल्ली प्रसाद सिटौला (मेदिबुङ्गे)

संयोजक

सिटौला अनलाइन वंशावली

सिटौला सेवा समाज नेपाल